Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

मन्त्री फेर्ने निर्णय भोलिसम्म कार्यान्वयन हुन्छ : माधव नेपाल

मन्त्री फेर्ने निर्णय भोलिसम्म कार्यान्वयन हुन्छ : माधव नेपाल

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ १०, २०७९ शुक्रवार • २१:५३:१४ बजे
  • 619
    SHARES
  • मन्त्री फेर्ने निर्णय भोलिसम्म कार्यान्वयन हुन्छ : माधव नेपाल

    सत्ता साझेदार दल नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा पुर्वप्रधानमन्त्री माधवकुमार नेपालले मन्त्रीहरुलाई पार्टी निर्णय कार्यान्वयन गर्न आग्रह गरेका छन् ।

    images

    शुक्रबार बसेको पोलिटब्युरो बैठकमा अध्यक्ष नेपालले सरकारबाट फिर्ता हुन नमानिरहेका मन्त्रीहरुलाई पार्टी निर्णय कार्यान्वयन गर्न निर्देशन दिएका हुन् । भोलिसम्ममा पार्टीको निर्णय कार्यान्वयन हुने बताए ।

    पार्टीको निर्णय कार्यान्वयन आज, भोलिभित्रै हुने प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।

    सरकारबाट फिर्ता हुन आनाकानी गर्दै हाल एकीकृत समाजवादीबाट मन्त्री भएका सहित १० सांसदले अध्यक्ष नेपालले ध्यानाकर्षण गराएका थिए ।

    अध्यक्ष नेपालले भने यी सुझाव भविष्यमा काम लागे पनि अहिले निर्णयमा परितर्वन नहुने बताएको खतिवडाले जानकारी दिए ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology