Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

नर्भिकमा असाधारण मोटोपन भएकी महिलाले शल्यक्रियात्मक विधिबाट स्वस्थ शिशु जन्माइन्

नर्भिकमा असाधारण मोटोपन भएकी महिलाले शल्यक्रियात्मक विधिबाट स्वस्थ शिशु जन्माइन्

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ १२, २०७७ शुक्रवार • १८:१९:१४ बजे
  • 1.9K
    SHARES
  • नर्भिकमा असाधारण मोटोपन भएकी महिलाले शल्यक्रियात्मक विधिबाट स्वस्थ शिशु जन्माइन्

    काठमाडौं, १२ असार । नर्भिकमा असाधारण मोटोपन भएकी महिलाले शल्यक्रियात्मक विधिबाट स्वस्थ शिशु जन्माएकी छिन् ।अस्पताल प्रशासनले जनाएअनुसार ती महिला काठमाडौंको कलङ्की निवासी ३१ बर्षिय महिला (श्रीमती मेरिना हमाल) हुन् । उनी गतअसार १० गते अपरान्ह ३ः१५ बजे नर्भिकको प्रसूति तथा स्त्रीरोग विभागको बहिरङ्ग कक्षमा आएकी थिईन् । ३७ हप्ता पार गरिसकेकोआफ्नो गर्भको शिशुलाई सुरक्षितपूर्वक जन्मदिनु नै हस्पिटल आउनुको उनको एकमात्र अभिप्राय थियो ।

    images

    शारिरीक रोगका हिसावले न तउनमा मधुमेह थियो, न त उच्च रक्तचाप, न त गम्भिर श्वास–प्रश्वास रोग, न त हाइपोथाइराडिजम् (थाइराइड ग्रन्थी कम सक्रिय भई कमथाइराइड हर्मोन उत्पादन गर्दा मोटोपन हुनसक्छ ।) नै । तर उनको तौल असाधारण (१६८ के.जी.) र शारिरीक बनावट हेर्दा लाग्थ्यो– उनको उपचार त कठिन थियो नै, साथ साथै गर्भाधान प्रक्रिया समेत जटिल हुनुपथ्र्यो । निजलाई हिजै अर्थात् असार ११ गते बिहान११ः०० बजे नर्भिककी बरिष्ठ प्रसूति तथा बाँझोपन, टेष्टट्युब बेबी विशेषज्ञ र ल्यापारोस्कोपिक सर्जन डा. नुतन शर्माले शल्यक्रिया गरीस्वस्थ शिशु प्रदान गरेकी थिइन् । श्रीमती हमालले २.९५ के.जी. तौल भएकी स्वस्थ छोरी पाएकी थिइन् ।

     

    सामान्यतया यति ठूलो तौल र शारिरीक बनोट भएका महिलाको शल्यक्रियात्मक प्रसूति गराउनु आपैmमा कठिन प्रायः मानिन्छ रसम्भवत यस्तो असाधारण तौल भएकी महिलाको शल्यक्रियात्मक प्रसूति नेपालमै पहिलो हुनुपर्ने नर्भिकले जनाएको छ अस्पतालकाअनुसार हाल नवजात शिशु र आमा दुवै सामान्य अवस्थामा छन् । यस घटनाले एकातिर केवल मोटोपन मात्रै गर्भाधानको वाधकहुनसक्दैन भनेर प्रमाणित गर्दछ भने अर्को तर्फ जस्तोसुकै जटिलतालाई पनि प्रविधि र दक्षताले पार लगाउन सकिन्छ भन्ने पनि सिद्ध गर्दछ।

     

    यस्ताखाले जटिल र जोखिमयुक्त प्रसूति गराउँदै सफलता प्राप्त गर्ने डा. नुतन शर्मालाई नर्भिक अस्पताल परिवारले बधाई ज्ञापन गरेकोछ भने नवजात शिशु र आमाको स्वास्थ्यलाभको कामना गरेको छ । डा. नुतन शर्मा जटिल र जोखिमयुक्त प्रसूति सेवाका अतिरिक्तबाँझोपन तथा टेष्टट्युब बेबीका लागि राम्रो ख्याति प्राप्त विशेषज्ञ हुन् ।

    Source- reportsnepal 

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology