Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

जसले १० बर्षमा ८ जना वृद्धासगँ बिबाह गर्दै लुटेर भागिन्

जसले १० बर्षमा ८ जना वृद्धासगँ बिबाह गर्दै लुटेर भागिन्

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र २०, २०७७ शनिवार • १७:१४:४१ बजे
  • 3.1K
    SHARES
  • जसले १० बर्षमा ८ जना वृद्धासगँ बिबाह गर्दै लुटेर भागिन्
    एजेन्सी/धेरै तिर महिलाहरु हिंशाको शिकार भएका छन् । तर कहिले काँही महिला पनि यस्ता फेला पर्छन् कि उनीहरु स्वयंले पुरुषलाई पीडित बनाएका हुन्छन् ।

    भारतको उत्तर प्रदेश स्थित गाजियावाद प्रहरीले अहिले यस्तै ठग लुटेरा महिलाको खोजी गरीरहेको छ ।
    गाजियावादकी मोनीका मलिक परिचय बनाएर ती महिलाले १० बर्षमा ८ जना वृद्धहरुसगँ बिहे गरेर केही समय पछि गरगहना र नगद लिएर फरार भएको प्रहरीले बताएको छ ।

    जब ती महिलाले एक निर्माण ठेकेदारसगँ बिबाह गरेर गरगहना सहित १५ लाख चोरेर हिँडे पछि उनले प्रहरीमा जाहेरी दिएका थिए । त्यस पछि नै उनको रहस्य खुलेको हो ।

    जुगल किशोर नामका ती ठेकेदारले अघिल्लो बर्ष आफ्नी श्रीमतिको मृत्यु भए पछि र छोरा पनि अलग्गै रहन थाले पछि एक्लोपना हटाउन बिबाह गर्न खोजे । त्यस क्रममा उनी दिल्ली स्थित मेट्रोमोनियल एजेन्सी खन्ना बिबाह केन्द्रमा पुगे । सो विवाह केन्द्रले सुहाउदो बेहुली खोजीदिने बचन दियो ।

    खन्ना विवाह केन्द्रले किशोर र मोनीकाबीच भेट गरायो र सन् २०१९ मा उनीहरुले अदालतमा विवाह गरे । विवाह गरेर सँगै बसेको दुई महिना पछि मोनिकाले १५ लाख नगद र गरगहना लिएर भागिन् । त्यस पछि किशोर प्रहरीकोमा मुद्धा हाल्न गए त्यस पछि प्रहरी अनुसन्धानले ती महिलाले १० बर्षमा ८ जनासगँ बिबाह गरेर यसरी नै ठगी गरेको फेला पार्यो ।

    प्राय मोनिकाको सबै बिबाह खन्ना विवाह केन्द्रले नै गरेको देखिएको छ । प्रहरीले मोनिका, खन्ना बिबाह केन्द्रको बिरुद्ध मुद्धा अघि बढाएको आजतकले लेखेको छ ।

  • सम्बन्धित विषय:

  • # समाज
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology