Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक बस्दै

नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक बस्दै

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ ११, २०७९ शनिवार • ०९:५६:०८ बजे
  • 721
    SHARES
  • नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक बस्दै

    नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आज सुरु हुँदै । दुई चल्ने उक्त बैठकमा पार्टीभित्र उत्पन्न पछिल्लो विवादबारे छलफल हुने जनाइएको छ ।

    images

    बैठकले पार्टीमा सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता बोलाएर नयाँ मन्त्रीहरु पठाउने निर्णय कार्यान्वनबारे छलफल गर्नेछ ।

    यसअघि गत जेठ २२ गते पार्टीले मन्त्री हेरफेरको निर्णय गरेको थियो । तर, उक्त निर्णय सत्ता गठबन्धनकै कांग्रेस, माओवादी नेतृत्व र प्रधानमन्त्रीले समेत कार्यान्वयन गर्न अप्ठेरो भएको भन्दै अगाडि बढ्न सकेको थिएन ।

    स्वयं एकीकृत समाजवादीभित्रै पनि मन्त्री हेरफेरबारे मतभिन्नता रहेको छ । हाल सरकारमा रहेका मन्त्रीसहितका १० जना सांसद मन्त्री हेरफेर गर्ने निर्णयको विरोधमा रहेका छन् ।

    उनीहरुले आफूहरु काम गर्दागर्दै पनि अपराधीलाई जस्तो फिर्ता बोलाउन खोजेको, नयाँ आउने मन्त्रीहरुको अनुहार समावेशी नभएको, एकै जिल्लाका दोहोरिएको तथा गैरसांसदलाई मन्त्री बनाउन खोजिएको जस्ता आरोप पनि लगाएका छन् ।

    अर्काथरीले भने मन्त्रीमा भागबण्डा नपाए पार्टी विभाजनको धम्की दिएको समेत बुझिएको छ । पार्टीभित्रको यो मतभेद हल गर्नेबारे बैठकले छलफल गर्नेछ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology