Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

रविको कार्यक्रम 'द लिडर' फेरि विवादमा, भन्यो - ब्याजसहित पैसा फिर्ता गर्छौँ

रविको कार्यक्रम 'द लिडर' फेरि विवादमा, भन्यो - ब्याजसहित पैसा फिर्ता गर्छौँ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ ११, २०७९ शनिवार • ११:०४:३२ बजे
  • 901
    SHARES
  • रविको कार्यक्रम 'द लिडर' फेरि विवादमा, भन्यो - ब्याजसहित पैसा फिर्ता गर्छौँ

    सञ्चारकर्मबाट राजनीतिमा प्रवेश गरेका रवि लामिछानेले यसअघि सञ्चालन गर्ने भनेको कार्यक्रम 'द लिडर' फेरि एकपटक विवादमा तानिएको छ ।

    images

    सो कार्यक्रममा सहभागी हुन पैसा उठाइएको तर हालसम्म कार्यक्रम पनि सञ्चालन नभएको र पैसा पनि फिर्ता नभएको भन्दै सामाजिक सञ्जालमा प्रश्न उठाइएको हो । कार्यक्रम विवादमा तानिएपछि सो कार्यक्रमले यसअघि ८८३ जनाको पैसा ब्याजसहित फिर्ता गरेको बताउँदै फिर्ता गर्न बाँकी रहेकाहरूको पैसा फिर्ता गर्ने प्रतिबद्धता जनाएको हो ।

    कार्यक्रमले भनेको छ, 'रजिस्ट्रेसन शुल्क फिर्ताका लागि टिभी तथा सामाजिक सञ्जालमार्फत पटक-पटक सार्वजनिक सूचना पनि जारी गरेका थियौँ ।

    रजिस्ट्रेसन गर्नुभएका ११९२ मध्ये अहिलेसम्म ८८३ जनाले ब्याजसहित रकम फिर्ता लगिसक्नुभएको छ । फिर्ता नपाउनेहरूले कृपया सम्पर्क गर्नुहोला ।'

    कार्यक्रमका सञ्चालक रवि लामिछाने स्वयं राजनीतिमा प्रवेश गरेको परिप्रेक्ष्यमा कार्यक्रम सञ्चालन गर्ने या नगर्ने निर्णय गरिनसकेको पनि सूचनामा उल्लेख छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology