Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

पेट्रोलियममा ६ थरी कर

पेट्रोलियममा ६ थरी कर

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ १२, २०७९ आइतवार • १०:४०:०३ बजे
  • 502
    SHARES
  • पेट्रोलियममा ६ थरी कर

    पेट्रोल, डिलेज र ग्यासजस्ता वस्तु अत्यावश्यकमा पर्छन् । झुपडीमा बस्ने सर्वसाधारणदेखि ठूलठूला महलमा बस्नेसम्मको जीवन यी चिजबाट प्रत्यक्ष/अप्रत्यक्ष प्रभावित हुन्छ ।

    images

    यी वस्तुको अभावमा सर्वसाधारणको दैनिकीदेखि उद्योग, व्यवसायसमेत अवरुद्ध हुन पुग्छ । त्यही अत्यावश्यकीय वस्तुबाट सरकारले आम उपभोक्ताको ढाड सेक्ने गरी भारी मात्रामा कर उठाउँदै आएको छ ।

    सामान्यतया जनताको दैनिक जीवनसँग प्रत्यक्ष जोडिएको वस्तुमा बढी कर लगाइँदैन । तर, आयातमुखी करप्रणाली भएको नेपालमा अत्यावश्यक वस्तुमै सरकारले बढी कर थोपरेको देखिन्छ ।

    रोचक पक्ष– सरासर विलासी वर्गमा पर्ने शृंगारका सामानमा ३ शीर्षकमा कर उठाइरहेको सरकारले पेट्रोल, डिजेलजस्ता अत्यावश्यक वस्तुमा ६ शीर्षकमा कर असुलिरहेको पाइएको छ ।

    सरकारले पेट्रोल र डिजेलमा भन्सार महसुल, सडक मर्मतसम्भार, प्रदूषण, पूर्वाधार विकास, मूल्य स्थिरीकरण कोष र मूल्य अभिवृद्धिकर (भ्याट) गरेर ६ शीर्षकमा कर लगाइरहेको छ ।

    अहिले सर्वसाधारणले प्रतिलिटर १९९ रुपैयाँको पेट्रोलमा ६५ रुपैयाँ ६१ पैसा र १९२ रुपैयाँको डिजेलमा ४९ रुपैयाँ ५३ पैसा कर तिरिरहेका छन् ।

    खाना पकाउने ग्यासमा प्रतिसिलिन्डर ३२० रुपैयाँ ८४ पैसा कर लाग्छ ।

    यो खबर आजको आर्थिक अभियान दैनिकमा छापिएको छ ।

  • सम्बन्धित विषय:

  • # पेट्रोलियममा ६ थरी कर
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology