Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

दोलखामा निर्माणाधीन पुल भत्कियो

दोलखामा निर्माणाधीन पुल भत्कियो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ १२, २०७९ आइतवार • ११:३३:५३ बजे
  • 1.1K
    SHARES
  • दोलखामा निर्माणाधीन पुल भत्कियो

    दोलखाको बिगु गाउँपालिका वडा नम्बर ४ स्थित झोरुङ खोलामा बन्दै गरेको पुल भत्किएको छ । बाढीले क्षति पुर्‍याए पछि निर्माणाधीन झोरुङ्ग खोला पुल भत्किएको हो ।

    images

    बाढीले पुलमुनिको ग्याबिन भासिँदा ग्याबिनमा राखिएका टेका ढलेपछि ढलान गर्ने तयारी गरिएको पुलको फर्मा भाँचिएका छन् । यो पुलले विगु गाउँपालिकाको वार्ड नं ४ लाई ५, ६, ७ र ८ वडासँग जोड्थ्यो ।

    पुल ढलान गर्ने तयारी अनुसार टेका लगाएर फर्मा राखिएको थियो । त्यहाँ छड बाँध्ने तयारी भइरहेको थियो । शनिबार ठाडो खोलामा आएको बाढीले भत्काइदिएको छ । तर प्राविधिक रुपमा गडबडीको शंका लागेपछि गाउँपालिकाले जेठ मसान्तमै काम रोक्न ठेकदारलाई निर्देशन दिएको थियो ।

    सिँगटी हाइड्रोको ८० र बिगु गाउँपालिकाको २० प्रतिशत संयुक्त बजेट लगानीमा पुल निर्माणाधीन थियो ।

    दुई करोड १६ लाख बजेटमा त्रिवेणी शेर्पा लाहा जेभीले यो पुल निर्माणको ठेक्क लगेको थियो । यो पुलमा सिंगटी हाइड्रोपावरको ८० प्रतिशत र बिगु गाउँपालिकाले २० प्रतिशत लगानी गरेका थिए ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology