Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

अमेरिकाको टेक्सासमा लरीभित्र ४० आप्रवासी मृत फेला

अमेरिकाको टेक्सासमा लरीभित्र ४० आप्रवासी मृत फेला

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ १४, २०७९ मंगलवार • ११:४१:५२ बजे
  • 1.0K
    SHARES
  • अमेरिकाको टेक्सासमा लरीभित्र ४० आप्रवासी मृत फेला

    एजेन्सी । अमेरिकाको टेक्सासमा एउटा लरीमा ४० जना आप्रवासी मृत फेला परेका छन् ।

    images

    फेला परेकामध्ये १६ जनालाई अस्पताल लगिएको छ । लरी वरपर आपतकालीन उद्धारकर्ता परिचालन गरिएको छ । सान एन्टोनियोको दक्षिणपश्चिमी छेउमा रेल ट्र्याक नजिक लरी फेला परेको थियो ।

    न्यूयोर्क टाइम्सका अनुसार सान एन्टोनियो प्रहरी विभागका अधिकारीहरूले घटनास्थलबाट हराएका लरी चालकलाई खोजी गरिरहेका छन् ।

    टेक्सासका गभर्नर ग्रेग एबोटले सो मृत्युको लागि अमेरिकी राष्ट्रपति जो बाइडेनलाई दोष दिएका छन् । उक्त घटना ‘घातक खुला सीमा नीतिको परिणाम’ भएको उनले दाबी गरेका छन् ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology