Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

केपी कमरेडले कारबाही गरे भोग्न तयार छु:तुलसा

केपी कमरेडले कारबाही गरे भोग्न तयार छु:तुलसा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ १४, २०७९ मंगलवार • १४:११:५१ बजे
  • 952
    SHARES
  • केपी कमरेडले कारबाही गरे भोग्न तयार छु:तुलसा

    नेकपा एमालेबाट सांसद भएकी तुलसा थापा नेकपा एकता राष्ट्रिय अभियानमा खुलेकी छन् ।

    images

    थापा मंगलबार घोषणा हुन लागेको गौतम नेतृत्वको पार्टीको केन्द्रीय सदस्यमा समेटिएकी हुन् । एमालेबाट समानुपातिक सांसद रहेकी उनी आफ्ना श्रीमानको नेतृत्वमा रहेका पार्टीमा खुलेसँगै सांसद पद धरापमा पर्ने देखिएको छ ।

    तत्कालीन नेकपालाई एक बनाउन लाग्दा एमाले अध्यक्ष केपी शर्मा ओलीले कारवाही गरे भोग्न तयार भएको प्रतिक्रिया दिइन् । ‘यो नेकपा एकता राष्ट्रिय अभियान हो । तत्कालिन नेकपालाई एकता गराउने अभियान हो ।

    पार्टी एकता गर्ने भनेर लागेको अभियान हो, यसमा लाग्दा केपी कमरेडबाट कारवाही भए भोग्न तयार छु’  थापाले भनिन्, ‘हामीले पार्टी फुटाउनलाई होइन कसैलाई गाली गर्नलाई होइन ।

    तत्कालिन नेकपामा भएका सबै नेताहरु मिलेर जानुपर‍्यो भनेर आह्वान गर्ने हो ।’ तीन महिनाभित्र तत्कालिन नेकपालाई जोड्ने उद्देश्यका साथ आफूहरु अघि बढ्न लागेको उनको भनाइ छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology