Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

गजल

गजल

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र २०, २०७७ शनिवार • १८:५९:३२ बजे
  • 4.1K
    SHARES
  • गजल
    सबै जनता हुन्थे समान पक्षपाती नहुँदो हो 
    समृध्दी भै सक्थ्यो देश राष्ट्रघाती नहुँदो हो

    के हुन्थ्यो र हेयभाव, छुवाछुत र भेदभाव 
    समाजमा कथित त्यो ठूलो जाती नहुँदो हो

    खाने गर्छन् हुनेहरू नहुनेलाई देखाई देखाई
    बाँडी चुडी खान्थे बरै सानो छाती नहुँदो हो

    उज्यालोको खोजी गर्दै अँध्यारोमा बस्नेहरू
    भौतारिनु पर्थ्यो किन कालो राती नहुँदो हो

    परिवर्तन हुन्थ्यो छिट्टै परिवर्तनकारी माथि 
    समाजको दृष्टीकोणै नाना भाती नहुँदो हो

    सोम श्रेष्ठ (द्वाल्खामी)
    भिमेश्वर २, दोलखा

  • सम्बन्धित विषय:

  • # साहित्य
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology