Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

सन्धि भएको २६ वर्षपछि पानी नेपालमा

सन्धि भएको २६ वर्षपछि पानी नेपालमा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ १५, २०७९ बुधवार • ०९:४५:५५ बजे
  • 1.6K
    SHARES
  • सन्धि भएको २६ वर्षपछि पानी नेपालमा

    नेपाल र भारतबीच महाकाली एकीकृत विकास सन्धि भएको २६ वर्षपछि नेपालले पानी पाएको छ। सन् १९९६ मा नेपाल र भारतबीच भएको महाकाली एकीकृत सन्धिअनुसार मूलनहर निर्माणकार्य थालनी भएको थियो।

    images

    नहर थालनी भएको २० वर्षभित्र नहर निमार्ण गरिसक्नुपर्ने भए पनि लामो समय नहर निर्माण ढिलाइको कारण गतिलिन नसकेको नहर आयोजनालाई २६ वर्षपछि भारतले पानी दिएको हो।

    महाकाली सिंचाई आयोजना तेस्रो चरणका अनुसार भारततर्फबाट निमार्ण गरेको नहरको भागमा केही दिन अगाडिबाट परीक्षण गर्नको लागि पानी छोड्न थालेको छ। यसैगरी नेपाली पक्षले पनि आवश्यक तयारी गरेर बुधबार पानी नहरमा ल्याउने गरी तयारी गरिरहेको आयोजना कार्यालयले जनाएको छ।

    लामो समय भारतले आफ्नो भूमीमा बनाउनुपर्ने मुल नहर निर्माणमा चासो देखाएको थिएन। तर, केही वर्ष अगाडिबाट नहर निर्माणमा भारतीय पक्षले तदारुकता देखाएपछि २६ वर्षपछि नहरमा पानी आएको हो।

    महाकाली सिंचाई आयोजना तेस्रो चरणका आयोजना निर्देशक रणबहादुर बमले तीन दिनदेखि निरन्तर रुपमा टनकपुर नहरबाट नेपालतर्फ पानी आइरहेको बताउनुभयो।

    उहाँले टनकपुर नहरबाट २६ वर्षपछि आएको पानीले असार १५ अर्थात् धान दिवसको दिन नहरको पानीबाट किसानले धान रोप्ने कार्यक्रमसमेत रहेको बताउनुभयो।

    निर्देशक बमले २६ वर्षपछि महाकालीको पानी नेपालको नहरमा बग्दा सबैमा खुसी छाएको बताउनुभयो। उहाँले नहर निर्माण पूर्ण रुपमा पूरा नभएकोले निर्माण कार्य सम्पन्न भएको क्षेत्रलाई आधार बनाएर नहरमा पानी सञ्चालन गर्ने योजना बनाएको बताउनुभयो।

    यो खबर आजको गोरखपात्र दैनिकमा छापिएको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology