Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

प्रचण्डलाई घनश्यामले फर्काए जवाफ :रैथाने बीऊलाई हाइब्रिड बनाउनु पर्छ

प्रचण्डलाई घनश्यामले फर्काए जवाफ :रैथाने बीऊलाई हाइब्रिड बनाउनु पर्छ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ १५, २०७९ बुधवार • १५:५६:५६ बजे
  • 655
    SHARES
  • प्रचण्डलाई घनश्यामले फर्काए जवाफ :रैथाने बीऊलाई हाइब्रिड बनाउनु पर्छ

    नेकपा एमालेका नेता घनश्याम भुसालले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई जवाफ फर्काएका छन् ।

    images

    प्रचण्डले एमालेमा आफूहरुले बिउ रोपेर आएको र केही समयपछि त्यो फुल्ने र फल्ने अभिव्यक्ति दिएपछि भुसालले पनि जवाफ फर्काएका हुन् ।

    ‘आज कमरेड प्रचण्ड कहीँ भन्नुभएछ, हामीले एमालेमा बीऊ रोपेका छौं, हेर्नुहोला फल्छ भनेर। उहाँले जे भन्नुभएको छ यसलाई सम्मान नै गर्नुपर्दछ’, बुधबार कम्युनिस्ट नेता सिद्धिलाल सिंहको जनअभिनन्दन कार्यक्रममा बोल्दै नेता भुसालले भने, ‘तर आजको आवश्यकतालाई उहाँले अझै बुझ्नुभएन।

    माओवादीको बीऊ, एमालेको बीऊ, समाजवादीको बीऊ अब यी बीऊहरू उम्रिँदैन।’ भुसालले रैथाने बीऊलाई हाइब्रिड बनाउनुपर्ने पनि टिप्पणी गरे । उनले हाइब्रिड बीऊबाट एकीकृत कम्युनिष्ट पार्टी बनाउन सकिने धारणा राखे ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology