Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

राजस्थानमा धार्मिक तनाव : मोदीलाई धम्की, इन्टरनेट सेवा बन्द गरियो

राजस्थानमा धार्मिक तनाव : मोदीलाई धम्की, इन्टरनेट सेवा बन्द गरियो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ १६, २०७९ बिहिवार • १०:२०:५९ बजे
  • 727
    SHARES
  • राजस्थानमा धार्मिक तनाव : मोदीलाई धम्की, इन्टरनेट सेवा बन्द गरियो

    भारतको उत्तरी राज्य राजस्थानमा एक हिन्दु धर्मालम्बीको हत्यापछि उक्त क्षेत्रमा धार्मिक तनाव बढेको छ ।

    images

    पीडित कन्हैया लाल नामका दर्जीलाई उदयपुर जिल्लामा २ मुस्लिम पुरुषले हत्या गरेका थिए । आक्रमणकारीले हत्या गरेको भिडियो बनाएर अनलाइन पोस्ट गरेका थिए ।

    एक राजनीतिज्ञले मुस्लिम धर्मगुरु पैगम्बर मुहम्मदको बारेमा गरेको विवादास्पद टिप्पणीको बदलामा सो कार्य गरिएको बताइएको थियो । गत महिना भाजपाकी नेतृ नुपुर शर्माले एक टेलिभिजन बहसमा मुहम्मदबारे विवादास्पद टिप्पणी गरेका थिए ।

    उनको अभिव्यक्तिलाई लिएर मुस्लिम देशले भारतको विरोध गरेका थिए । सत्तारुढ भाजपाले नुपुरलाई पार्टी प्रवक्ताबाट निलम्बित गरेको थियो ।

    सरकारले इन्टरनेट सेवा बन्द गरेको छ र ठूला जमघटमा प्रतिबन्ध लगाएको छ । भिडियोमा आफूलाई चिनाउने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    अर्को भिडियोमा उनीहरूले हत्याप्रति गौरव गर्दै प्रधानमन्त्री नरेन्द्र मोदीलाई धम्की समेत दिएका छन् । भिडियो ‘हेर्नका लागि धेरै भयानक’ भन्दै राजस्थान प्रहरीले प्रसारण नगर्न मिडिया आउटलेटलाई अनुरोध गरेको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology