हिमालयन एयरलाइन्सले काठमाडौं कुवेत सिधा उडान शुरु गर्ने भएको छ ।
आगामी जुलाई १५ तारिख देखि उडान शुरु गर्न लागेको एयरलाइन्सका प्रतिनिधि बसन्त न्यौपानेले जानकारी दिएका छन ।
हिमालयनले काठमाडौं कुवेत उडान शुरु गर्न आवश्यक प्रक्रिया मिलाउन कुवेत आएका एयरलाइन्सका प्रतिनिधिहरुले नेपाली दुतावास कुवेतका महामहिम राजदुत दुर्गा प्रसाद भण्डारीलाई समेत भेट गरि उडानको बारेमा जानकारी गराउदै आपसी छलफल समेत गरेको छ ।
कुवेत स्थित TVS ग्रुपले हिमालयन एयर्लाइन्ससँग सहकार्य गरेको छ । बैदेशिक रोजगारीको लागि नेपालीहरुको आकर्षण बन्दै गएको कुवेतमा नेपाली ध्वजाबाहक विमान हिमालयनले उडान भर्ने भएपछी कुवेतबासी नेपालीहरुको लागि सहज बन्ने भएको छ ।
हुनत पछिल्लो पटक कुवेतबाट जजिरा एयरलाइनसले सिधा उडान गरिरहेको छ ।
जजिराले काठमान्डौ स्थित त्रिभुवन अन्तरास्ट्रिय विमानस्थलमा नियमित र भर्खरै मात्रै संचालनमा आएको भैरहवा स्थित गौतम बुद्द अन्तराष्ट्रिय विमानस्थलमा समेत सातामा ३ दिन उडान भर्दै आएको छ ।