Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

‘उम्मेदवार स्वतन्त्र हुन्छन् तर स्वतन्त्र पार्टी हुँदैन’

‘उम्मेदवार स्वतन्त्र हुन्छन् तर स्वतन्त्र पार्टी हुँदैन’

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ १७, २०७९ शुक्रवार • १०:०९:३५ बजे
  • 538
    SHARES
  • ‘उम्मेदवार स्वतन्त्र हुन्छन् तर स्वतन्त्र पार्टी हुँदैन’

    स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मेदवार केही स्थानमा विजयी भएपछि आगामी प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा पनि स्वतन्त्रको उत्साह जागेको छ ।

    images

    त्यसका लागि कतिपयले उम्मेदवारी नै घोषणा गरेका छन् भने स्वतन्त्र अभियानका रूपमा दल नै खडा गरिएको छ । तर बौद्धिक र प्राज्ञिक क्षेत्रका अगुवाले यस्तो स्वतन्त्रताको बहस निर्दलीय निरर्थक रहेको बताउनुभएको छ ।

    उहाँहरूले यस्तो गतिविधिले बहुदलीय लोकतान्त्रिक पद्धतिलाई कमजोर पार्ने पनि बताउनुभयो । उहाँहरूले लोकतान्त्रिक व्यवस्थाकै कारण यस्ता गतिविधि र बहस गर्न पाएको पनि बताउनुभयो ।

    प्राडा मीना वैद्य मल्ल, अन्तर्राष्ट्रिय कानुनका ज्ञाता प्राडा गान्धी पण्डित र लेखक/पत्रकार किशोर नेपालले लोकतन्त्र र सङ्घीयतालाई गतिशील बनाउन राजनीतिक दलहरू सुदृढ बन्नुपर्ने, समयसापेक्ष रूपमा आन्तरिक रूपान्तरित र जनताका आकाङ्क्षा सम्बोधन गर्न अझ प्रतिबद्ध हुनुपर्ने बताउनुभयो ।

    प्राडा मल्लले दलीय व्यवस्थामा राजनीतिक दलहरूले राज्य र जनताका बीचमा पुलको काम गर्ने बताउनुभयो । उहाँले दलहरू परिवर्तनका संवाहक रहेको बताउँदै स्वतन्त्रलाई उम्मेदवार बन्ने बाटो पनि त्यही दलहरूको बलिदानीपूर्ण सङ्घर्षबाट लेखिएको संविधानबाटै सम्भव भएको उल्लेख गर्नुभयो ।

    याे खबर गाेरखापत्र दैनिकमा छ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology