Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

प्रधानमन्त्री शेरबहादुर देउवा गठबन्धनको सभापति हुन्:शेखर पक्ष

प्रधानमन्त्री शेरबहादुर देउवा गठबन्धनको सभापति हुन्:शेखर पक्ष

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ १८, २०७९ शनिवार • १०:२२:५५ बजे
  • 862
    SHARES
  • प्रधानमन्त्री शेरबहादुर देउवा  गठबन्धनको सभापति  हुन्:शेखर पक्ष

    नेपाली काँग्रेस नेता डा. शेखर कोइराला पक्षीय भेलाले नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा पार्टीको नभइ गठबन्धनको सभापति भएको आरोप लगाएको छ ।

    images

    शुक्रवार सकिइको कोइराला पक्षीय बैठकबारे जानकारी गराउँदै नेपाली काँग्रेस कोइराला पक्षीय नेता एवं पार्टी केन्द्रिय सदस्य डा.गोविन्द पोखरेलले सभापति देउवाले नेपाली काँग्रेसका नेता र कार्यकर्तालाई समेट्न नसकेको बताएका हुन् । बैठकमा सरकार सञ्चालन, गठबन्धन, पार्टीको आगामी कार्यदिशा, आगामी निर्वाचन र परराष्ट्रनीतिका बारेमा सरकारले बनाइरहेको धारणा लगायतका विषयमाथि छलफल भएको केन्द्रिय सदस्य पोखरेलले बताए ।

    उनले सरकारले आफूले गरेका वाचा अनुसार जनतालाई राहत दिन नसकेको, सुशासन सम्बन्धी गरेका राजनीतिक प्रतिवद्धता पूरा गर्न नसकेको पनि बताए । उनले राजश्व अनुसन्धान, सम्पती शुद्धिकरण, राष्ट्रिय अनुसन्धान विभाग लगायत प्रधानमन्त्रीको मातहतबाट हटाउने प्रतिवद्धताको प्रधानमन्त्रीले अवज्ञा गरेका, बजेट बनाउनेदेखि चरमरुपमा आर्थिक सुशासनको खिल्ली उडाइएको पनि निस्कर्ष निकालेको छ ।

    उनले सरकारले व्यापकरुपमा नीतिगत भ्रष्टाचार गरेको बताए । उनले भने, ‘हामीले आज ५ वटा बुँदामा छलपल चलायौँ । सरकार सञ्चालनको बारेमा मुख्य छलफल भयो । अर्थतन्त्रका सूचकहरु राम्रोसँग चलाउने कुरामा सरकारले हामीले गरेका वाचाअनुसार पूरा गर्न सकेन ।

    सरकार सञ्चालनमा जनतालाई राहत दिन सकेन । दोस्रो कुरा पार्टीले पनि निर्णय गरेको थियो, सुशासनको विषयमा पनि राजनीतिक प्रतिवद्धता जनाएका थियौँ । राजश्व अनुसन्धान, सम्पती शुद्धिकरण, राष्ट्रिय अनुसन्धान विभाग लगायत प्रधानमन्त्रीको मातहतबाट हटाउने भनेर तर अहिलेपनि प्रधानमन्त्री कार्यालय मातहतमा राखिएको छ ।

    त्यो हाम्रो प्रतिवद्धता विपरित् भयो ।’ उनले फेरि भने, ‘देशमा बजेट बनाउनेदेखि पछिल्ला चरणमा चरमरुपमा आर्थिक सुशासनको खिल्ली उडाइएको छ । व्यापकरुपमा नीतिगत भ्रष्टाचार गरिएको छ । यसलाई जतिसक्दो चाँडो रोक्नुपर्छ । परराष्ट्रनीतिमा हाम्रो पार्टीले पनि पहलिाबाटै सबैको साझा नीति बनाउनुपर्छ भनेका छौँ ।

    त्यसमा सफल हुन सकेन । अहिले नेपाली काँग्रेसको भन्दापनि सभापतिजी गठबन्धनको सभापति हुनुभएको छ ।’ उनले थपे, ‘उहाँले पार्टीभित्रै ४० प्रतिशत महाधिवेशन प्रतिनिधि जुन गाउँ, वडाबाट निर्वाचित भएर आउँछन्, आफू उहाँहरुको सभापति हुँ भन्ने अनुभुति दिलाउन सकिरहेको छैन ।

    यसको बिरुद्ध हामी हरेक प्रदेश पालिका, सबैतिर परिचालन गरी काँग्रेसलाई बलियो बनाउने पार्टी विधानअनुरुप चलोस् भनेर दबाब दिने कुरामा छाैं ।’ केन्द्रीय सदस्य पोखरेलले बैठकले हरेक प्रदेश र पालिकामा काँग्रेसलाई बलियो बनाउने र पार्टी विधानअनुरुप चल्ने कुरामा पनि जोड दिइएको बताए ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology