Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

निजगढमा विमानस्थल बन्छ- शीर्ष नेताको एक स्वर

निजगढमा विमानस्थल बन्छ- शीर्ष नेताको एक स्वर

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ १८, २०७९ शनिवार • १५:२०:०५ बजे
  • 982
    SHARES
  • निजगढमा विमानस्थल बन्छ- शीर्ष नेताको एक स्वर

    सत्तारुढ गठबन्धनका शीर्ष तीन नेताले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा हुनेमा विश्वस्त हुन आग्रह गरेका छन् । नेपाली कांगेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादवलगायनले शनिबार बाराको निजगढस्थित विमानस्थल निमाण हुने स्थानको अवलोकन गरेका छन् ।

    images

    विमानस्थल निर्माण गर्ने ठाउँको अवलोकनपछि प्रधानमन्त्री देउवाले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण हुनेमा विश्वस्त रहन आग्रह गरे । उनले विमानस्थल बन्नेमा ढुक्क हुन आग्रह गर्दै भने– निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि उपयुक्त ठाउँ हो । विधि र प्रक्रिया पूरा गरेर विमानस्थल निर्माणलाई पूर्णता दिइने छ ।’

    यस्तै, माओवादीका अध्यक्ष प्रचण्डले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा ढिलाइ गर्न नहुने आफ्नो धारणा राखे । पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डले निजगढ विमानस्थल समयमै निर्माण प्रक्रिया सुरु नगर्दा करोडौँको लगानी अलपत्र पर्ने बताए । निजगढ विमानस्थल नबनेमा फास्ट ट्र्याकको समेत औचित्य नहुने उनको भनाइ छ ।

    अध्यक्ष प्रचण्डले भने, ‘म कुनै पनि हालतमा निजगढ विमानस्थल निर्माण हुनुपर्छ भन्ने पक्षमा छु । र यो विमानस्थल बन्छ ।’ विमानस्थल निर्माणप्रति सरकारले देखाएको चासोलाई आफूले सकारात्मक रूपमा लिएको उनको भनाइ छ । यस्तै, एकीकृत समाजवादीका अध्यक्ष नेपालले सर्वोच्चको आदेशले विमानस्थल निर्माणमा रोक नलगाएको बताए ।

    उनले सर्वोच्चको पूर्णपाठ हेर्दा वातावरण र पूर्वाधार विकासबीच सन्तुलन कायम गरेर विमानस्थल निर्माण गर्न सकिने बताए । यस्तै, जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले विमानस्थल निर्माणको कामलाई यथाशीघ्र अगाडि बढाउनुपर्नेमा जोड दिए ।

    उनले निजगढ विमानस्थल निर्माणमा राष्ट्रिय सहमति जुटाएर काम अगाडि बढ्न ढिलो गर्न नहुने बताए । सर्वोच्च अदालतको पूर्ण पाठले निजगढमा विमानस्थल बन्न रोक नलगाएको निष्कर्षपछि शीर्ष नेताहरूले शनिबार विमानस्थल निर्माणक्षेत्रको अवलोकन तथा भ्रमणमा गरेका हुन् ।

    सो अवसरमा अर्थमन्त्री जनार्दन शर्मा, खानेपानी मन्त्री उमाकान्त चौधरी, बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डे लगायतका नेताहरू निजगढ विमानस्थल क्षेत्रको अवलोकनका लागि निजगढ आइपुगेका थिए ।

  • सम्बन्धित विषय:

  • # शीर्ष नेताको एक स्वर
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology