Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

माओवादीको निष्कर्ष- पार्टी भित्रबाट अन्तर्घात, गठबन्धनबाट धोका

माओवादीको निष्कर्ष- पार्टी भित्रबाट अन्तर्घात, गठबन्धनबाट धोका

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ १९, २०७९ आइतवार • १४:०९:२५ बजे
  • 1.2K
    SHARES
  • माओवादीको निष्कर्ष- पार्टी भित्रबाट अन्तर्घात, गठबन्धनबाट धोका

    नेकपा माओवादी केन्द्रले अन्तर्घात र गठबन्धनबाट भएको धोका कारण स्थानीय तह निर्वाचनमा अपेक्षाकृत सफलता प्राप्त गर्न नसकिएको निष्कर्ष निकालेको छ ।

    images

    काठमाडौंमा आइतबारबाट सुरु भएको केन्द्रीय समिति बैठकमा अध्यक्ष प्रचण्डले पार्टी भित्रको अन्तर्घात र गठबन्धनबाट धोकाका कारण अपेक्षाकृत सफालता प्राप्त गर्न नसकिएको निष्कर्ष सुनाएका छन् ।

    माओवादीलाई हराउन गठबन्धनकै दलहरु लागिपरेको भन्दै प्रचण्डले विशेषगरी कांग्रेस इमान्दार रुपमा प्रस्तुत हुन नसकेको बताएका छन् ।

    रुकुम, रोल्पा, कालीकोट लगायतका जिल्लाहरुमा गठबन्धनमा आवद्ध दलहरु नै अन्य दलसँग मिलेर माओवादीविरुद्ध लागिपरेको प्रचण्डको निष्कर्ष रहेको छ ।

    जारी केन्द्रीय समिति बैठकमा गठबन्धनलाई आगामी दिनमा कसरी अघि बढाउने भन्ने विषयमा गम्भीर छलफल गर्ने माओवादीको तयारी रहेको छ ।

    निर्वाचनमा पार्टी भित्रैबाट अन्तर्घात भएको निष्कर्ष निकालेको माओवादीले तल्लो समितिहरुबाट आएका प्रतिवेदन र सुझावका आधारमा अन्तर्घात गर्ने नेता कार्यकर्तालाई कारवाही गर्ने तयारी गरेको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology