Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

६ महिनामा दुई लाख ३७ हजार पर्यटक नेपाल आए

६ महिनामा दुई लाख ३७ हजार पर्यटक नेपाल आए

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ १९, २०७९ आइतवार • १९:५०:४८ बजे
  • 997
    SHARES
  • ६ महिनामा दुई लाख ३७ हजार पर्यटक नेपाल आए

    सन् २०२२ को जुन महिनामा हवाई मार्ग भएर ४६ हजार ९०० विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार यो सङ्ख्या सन् २०१९ को तुलनामा ६९.३ प्रतिशत रिकोभरी भएको हो ।

    images

    सन् २०१९ ६१ हजार ३५१ विदेशी पर्यटक नेपाल भ्रमणमा आएका थिए । योसँगै अङ्ग्रेजी वर्षको छ महिना अवधिमा कूल दुई लाख ३७ हजार ८१३ पर्यटकले नेपाल भ्रमण गरेका छन् ।

    बोर्डका अनुसार मे महिनामा ५३ हजार ६०८ पर्यटकले नेपाल भ्रमण गरेका थिए । सन् २०२२ को जनवरीमा १७ हजार, फेब्रुअरि २० हजार, मार्चमा ४२ हजार, अप्रिलमा ५८ हजार पर्यटकले नेपालमा भ्रमण गरेका थिए । यो सङ्ख्या नेपाल भ्रमणका लागि हवाई मार्ग हुँदै नेपाल भित्रिएको पर्यटन भएको जनाएको छ ।

    सन् २०२२ देखि नेपालमा पर्यटक आगमनमा सुधार हुर्दै आएको देखिन्छ । कोभिड–१९ पछि नेपालमा पर्यटन आगमनदरमा क्रमिक सुधार आएको देखिन्छ ।

    जुनमा भारतबाट २३ हजार २४८, अमेरिकाबाट आठ हजार ३५१, बङ्गलादेशबाट दुई हजार ५९, बेलायतबाट, दुई हजार, अष्ट्रेलियाबाट एक हजार ४०० जनाले नेपाल भ्रमण गरेका छन् ।

    जुनमा सार्कबाट २६ हजार, आसियानबाट, दुई हजार ३००, युरोपबाट चार हजार ७००, अमेरिकन रिजनबाट आठ हजार ९०० पर्यटकले नेपाल भ्रमण गरेको नेपाल पर्यटन बोर्डले जनाएको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology