Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

एमालेले सातै प्रदेशमा प्रशिक्षण गर्ने, सात उपाध्यक्षलाई जिम्मेवारी

एमालेले सातै प्रदेशमा प्रशिक्षण गर्ने, सात उपाध्यक्षलाई जिम्मेवारी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ १९, २०७९ आइतवार • २०:२७:३३ बजे
  • 745
    SHARES
  • एमालेले सातै प्रदेशमा प्रशिक्षण गर्ने, सात उपाध्यक्षलाई जिम्मेवारी

    नेकपा एमालेले सातै प्रदेशमा प्रशिक्षण सञ्चालन गर्ने भएको छ । पार्टी कार्यालय च्यासलमा सम्पन्न सचिवालय बैठकले सातै प्रदेशमा प्रशिक्षण सञ्चालन गर्ने निर्णय गरेको हो ।

    images

    प्रशिक्षण सञ्चालन गर्ने निर्णय गरेको एमालेले सातै प्रदेशका प्रशक्षिणक कमाण्डर तोकेको छ ।

    जस अन्तर्गत प्रदेश १ मा बरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल, मधेश प्रदेशमा उपाध्यक्ष सुरेन्द्र पाण्ड, बागमतीमा उपाध्यक्ष बिष्णु पौडेल र गण्डकीमा उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले संयोजकको जिम्मेवादरी पाएका छन् ।

    यसैगरी, लुम्बिनीमा उपाध्यक्ष सुवास नेम्वाङ, कर्णालीमा उपाध्यक्ष रामबहादुर थापा र सुदुरपश्चिममा उपाध्यक्ष युवराज ज्ञवालीले प्रशिक्षण संयोजकको जिम्मेवारी पाएका छन् ।

    आइतबार सम्पन्न बैठकले १३ केन्द्रीय विभागमा सचिव मनोनित गरेको छ । बैठकले स्थानीय तह निर्वाचनमा भएको अन्तर्घातबारे छानविन गर्न उपाध्यक्ष विष्णु पौडेको नेतृत्वमा छानविन समिति गठन गरेको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology