Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

तत्कालीन नेकपा सचिवालयका बहुमत सदस्यहरुबीच बैठक

तत्कालीन नेकपा सचिवालयका बहुमत सदस्यहरुबीच बैठक

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ १९, २०७९ आइतवार • २०:५०:१० बजे
  • 1.4K
    SHARES
  • तत्कालीन नेकपा सचिवालयका बहुमत सदस्यहरुबीच बैठक

    साविक नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का बहुमत सचिवालय सदस्यहरूबीच भेटवार्ता भएको छ ।

    images

    नेकपा एमाले र नेकपा माओवादी केन्द्र मिलेर बनेको तत्कालीन नेकपाका बहुमत सचिवालय सदस्यहरूबीच आइतबार साँझ ललितपुर हातिबनमा भेटवार्ता भएको हो ।

    भेटमा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका शीर्ष नेतासहित वामदेव गौतमसमेत सहभागी भएका छन् ।

    भेटमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नारायणकाजी श्रेष्ठ, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, झलनाथ खनाल र नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतम सहभागी भएका छन् ।

    उनीहरु सबै तत्कालीन नेकपाको सचिवालयमा थिए । ओलीलगायतका एमालेमा रहेका तत्कालीन सचिवालयका नेताहरु भने बैठकमा सहभागी भएनन् ।

    बैठकका क्रममा वर्तमान राष्ट्रिय राजनीति, राष्ट्रिय स्वाधीनताको स्थिति, स्थानीय निर्वाचन, वाम तथा समाजवादी आन्दोलन, नेपाली काँग्रेसको गठबन्धन आदि विषयमा छलफल भएको प्रचण्डको सचिवालयले जनाएको छ ।

    नेतृत्व तहको यो छलफललाई निरन्तरता दिने समझदारी पनि बनेको छ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology