Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

संघ र प्रदेशको निर्वाचन कात्तिक ३० मै गर्नुपर्ने निष्कर्ष

संघ र प्रदेशको निर्वाचन कात्तिक ३० मै गर्नुपर्ने निष्कर्ष

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ १९, २०७९ आइतवार • २१:४०:२६ बजे
  • 820
    SHARES
  • संघ र प्रदेशको निर्वाचन कात्तिक ३० मै गर्नुपर्ने निष्कर्ष

    निर्वाचन आयोगले संघ र प्रदेशको निर्वाचनको लागि कात्तिक ३० को मिति प्रस्ताव गर्ने निष्कर्ष निकाले छ ।

    images

    यसअघि आयोगले सरकारलाई दुई विकल्पमा चुनाव गर्न सकिनेगरि मिति प्रस्ताव गरेको थियो । आयोगले कात्तिक ३० गते र मंसिर ३ गतेको मिति प्रस्ताव गरेको थियो ।


    तर, आयोगले कात्तिक अन्तिम सातासम्म सकिनेगरि मिति प्रस्ताव गर्ने निष्कर्ष निकाले हो । सोहीअनुसार आयोगले सरकारलाई
    पत्राचार गर्ने तयारी गरेको छ ।

    शुक्रबार प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनबारे प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाबीच छलफल भएको थियो । छलफलका क्रममा प्रधानमन्त्री देउवाले निर्वाचनको मिति प्रस्ताव गर्न थपलियालाई आग्रह गरेका थिए । थपलियाले कात्तिक मसान्तमा निर्वाचन गर्न अनौपचारिक प्रस्ताव गरेका थिए ।

    त्यसपछि आयोगले सुरक्षा निकायका प्रमुखहरुसँग पछि निर्वाचनबारे छलफल गरेको थियो ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology