Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

माओवादी पार्टी ‘भ्रष्टहरुको अखडा’ बन्यो : सुदन किराती

माओवादी पार्टी ‘भ्रष्टहरुको अखडा’ बन्यो : सुदन किराती

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ २०, २०७९ सोमवार • १४:४५:१७ बजे
  • 829
    SHARES
  • माओवादी पार्टी ‘भ्रष्टहरुको अखडा’ बन्यो : सुदन किराती

    नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य सुदन किरातीले माओवादी पार्टी ‘भ्रष्टहरुको अखडा’ भएको टिप्पणी गरेका छन् ।

    images

    काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा आइतबारदेखि जारी केन्द्रीय समिति बैठकमा बोल्दै नेता किरातीले पार्टी भ्रष्टहरुको अखडा बनेको बताएका हुन् ।

    पार्टी भ्रष्टहरुको अखडा भएकै कारण नेताहरु नुन खाएको कुखुरा जस्तो झोक्राएको भन्दै नेता किरातीले अध्यक्ष प्रचण्डको वरिपरि घुमेर ठग्नेहरुले पार्टीलाई बदनाम गराएको आरोप लगाए । किरातीले भने– ‘हाम्रो पार्टी भ्रष्टहरुको अखडा बन्यो । त्यसैले नेतृत्वले केही गर्न सकेन ।

    अध्यक्ष कमरेडको वरिपरि घुमेर ठग्नेहरुले पार्टीलाई बदनाम बनाए । यस्ता व्यक्तिलाई चिन्न ढिलाई भयो भने पार्टी रहँदैन ।’ पार्टी संरचना बनाउन नसक्नेले मुलुक बनाउन नसक्ने भन्दै किरातीले तत्काल पदाधिकारी चयन गर्नुपर्ने माग गरेका छन् ।

    नउले भने– ‘पार्टीको संरचना बनाउन नसक्नेले समाज बनाउन सक्दैन । तत्काल पदाधिकारी चयन गर्नुपर्छ । पार्टीले पदाधिकारी चनय गर्न सक्दैन भने जनवाद प्रयोग गरेर नेतृत्व चयन गर्न हामी तयार छौं ।’

    राजनीतिक दलका नेता कार्यकर्ताको आचरणले राजनीति बिद्रुपीकरण भएका कारण लोकतन्त्र मानिसको जीवन पद्दति बन्न नसकेको समेत नेता किरातीले बताएका छन् ।

  • सम्बन्धित विषय:

  • # सुदन किराती
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology