Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

‘अर्थमन्त्रीले ठूलै आर्थिक चलखेल गरे, तत्काल छानबिन गरी कारबाही गर्नुपर्छ’

‘अर्थमन्त्रीले ठूलै आर्थिक चलखेल गरे, तत्काल छानबिन गरी कारबाही गर्नुपर्छ’

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ २०, २०७९ सोमवार • २०:४४:१७ बजे
  • 688
    SHARES
  • ‘अर्थमन्त्रीले ठूलै आर्थिक चलखेल गरे, तत्काल छानबिन गरी कारबाही गर्नुपर्छ’

    एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणमा ठूलै आर्थिक चलखेल गरेको आरोप लगाएका छन् ।

    images

    सोमबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै बजेट निर्माण बेलाको सीसीटीभी फुटेज डिलिट गरेर ठूलै आर्थिक चलखेल गरेको बताएका हुन् ।

    बजेट बनाउने बेलामा अनधिकृत व्यक्तिको प्रवेश गराएको सरकारले त्यसको सीसीटीभी फुटेज डिलिट गराएर अर्को जघन्य अपराध गरेको ज्ञवालीको भनाइ छ ।

    बजेट निमाण बेलको सीसीटीभी फुटेज डिलिट गरेर अर्थ मन्त्रालयले त्यसमा गम्भीर घोटाला गरेको आफैं पुष्टि गरेकोल उनको जिकीर छ ।

    उपमहासचिव ज्ञवालीले यो घटनामा संलग्न अर्थमन्त्री शर्मासहितलाई तत्काल छानबिन गरी कारबाहीको दायरामा ल्याउनुपर्ने बताए । उनले भने, ‘वास्तवमा यो दोहोरो अपराध हो ।

    बजेट बनाउने बेलामा अनधिकृत व्यक्तिको प्रवेश र उनीहरुको उपस्थितिमा करका दरहरुको हेरफेर यो एउटा जघन्य अपराध त छँदैथियो । यसलाई लुकाउन सीसीटीभी फुटेज डिलिट गरेर अर्को अपराध गरे ।’

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology