Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

भारतमा फेरि बढ्याे काेरोना सङ्क्रमण

भारतमा फेरि बढ्याे काेरोना सङ्क्रमण

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ २१, २०७९ मंगलवार • १०:५१:०८ बजे
  • 811
    SHARES
  • भारतमा फेरि बढ्याे काेरोना सङ्क्रमण

    एजेन्सी । भारतमा कोरोना भाइरस सङ्क्रमण दर पुनः उकालो लागेको छ । पछिल्लो २४ घण्टामा १६ हजार १ सय ३५ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

    images

    भारतमा कोरोनाका कुल सङ्क्रमितको सङ्ख्या ४ करोड ३५ लाख १८ हजार ५ सयभन्दा धेरै रहेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जानकारी दिएको छ ।

    पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणका कारण २४ जनाले ज्यान गुमाएका छन् । भारतमा १ लाख १३ हजार ८ सय ६४ जना सक्रिय सङ्क्रमित छन् । केही दिनयता सक्रिय सङ्क्रमितको सङ्ख्या बढ्दो छ ।

     

    भारतमा कोरोनाका कारण ५ लाख २५ हजार २ सय २३ जनाले ज्यान गुमाएको तथ्याङ्क छ । भारतमा सन् २०२१ जनवरीदेखि कोरोनाविरुद्धको खोप अभियान सुरु भएको थियो ।

    अहिलेसम्म १ अर्ब ९६ करोड ८६ लाख डोजभन्दा बढी खोप लगाइएको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology