Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

पूर्वमिस नेपाल सदीक्षाले राहुलसँग कसिन् लगनगाँठो

पूर्वमिस नेपाल सदीक्षाले राहुलसँग कसिन् लगनगाँठो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ २२, २०७९ बुधवार • १३:५२:५२ बजे
  • 991
    SHARES
  • पूर्वमिस नेपाल सदीक्षाले राहुलसँग कसिन् लगनगाँठो

    पूर्वमिस नेपाल सदीक्षा श्रेष्ठले विवाह गरेकी छन् । सदीक्षाले आफ्ना प्रेमी राहुल मोक्तानसँग मंगलबार काठमाडौंमा नेवारी परम्पराअनुसार विवाह गरेकी हुन् । विवाह समारोहअघि उनीहरुले एक रेष्टुरेन्टमा रिसेप्सन पाटी दिएका थिए ।

    images

    नेवारी चलनअनुसार रिसेप्सनपछिको शुभसाइतमा आफन्त र परिवारको उपस्थितिमा विवाह कार्यक्रम भएको थियो । सदीक्षाको विवाह समोरोहमा पूर्वमिस नेपालहरु र हालको मिस नेपालको ब्याच पनि विवाह समारोहमा उपस्थित थिए ।

    काठमाडौंमा जिमखाना सञ्चालन गरिरहेका राहुल र सदीक्षा केही वर्षयतादेखि प्रेमसम्बन्धमा थिए । रिसेप्सनमा सेलिब्रिटी, मिडिया उद्यमी र व्यवसायीहरुलाई पनि निम्तो दिइएको थियो ।

    सदीक्षाले हालै डान्सिङ स्टार्स नेपाल रियालिटी शोमा कार्यक्रम प्रस्तोताको भूमिका निर्वाह गरेकी थिइन् ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology