Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

गगनलाई थानकोट होइन, मुग्लिन कटाउनुपर्थ्याे : विप्लव

गगनलाई थानकोट होइन, मुग्लिन कटाउनुपर्थ्याे : विप्लव

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ २२, २०७९ बुधवार • १७:१५:५२ बजे
  • 997
    SHARES
  • गगनलाई थानकोट होइन, मुग्लिन कटाउनुपर्थ्याे : विप्लव

    नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द्र ‘विप्लव’ले नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई मुग्लिन कटाउनुपर्ने समय आएको बताएका छन् ।

    images

    प्रतिनिधिसभाबाट एमसीसी सम्झौता व्याख्यात्मक घोषणासहित पारित हुँदा थापाले ‘अमेरिकी सेना नेपालमा आएमा आफ्नो चार पाटा मुडियोस्, नागरिकता खोसियोस्, काठमाडौंको सांसद हुँ थानकोट कटाइयोस्’ भनेका थिए ।

    त्यही भनाइलाई लक्षित गर्दै बुधबार राजधानीमा आयोजित पार्टी ध्रुरुविकरण तथा प्रशिक्षण कार्यक्रममा सम्बोधन गर्दै विप्लवले भने– ‘उन (गगन थापा)लाई थानकोट होइन, अहिले त मुग्लिन कटाउनुपथ्र्यो ।’

    अमेरिकाले गगन थापाहरुलाई त धोती न टोपी बनाइदियो उननको टिप्पणी थियो । एमसीसीविरुद्ध आन्दोलनमा उत्रिँदा पक्राउ परेका विद्यार्थीहरुसँग लाखौं रुपैयाँ धरौटी मागेको भन्दै उनले न्यायाधीशमाथि समेत आक्रोश पोखे ।

    उनले भने, ‘देश बेच्न पाइँदैन भनेर आन्दोलन गर्ने युवालाई पक्रेर ३ लाख धरौटी माग्ने हो ? यो न्यायाधीश को हो ? यीनलाई त घरघर गएर थुतेर कुट्नुपर्छ ।’

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology