Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

छानबिन समितिलाई सजिलो पार्न राजीनामा दिएँ : जनार्दन शर्मा

छानबिन समितिलाई सजिलो पार्न राजीनामा दिएँ : जनार्दन शर्मा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ २२, २०७९ बुधवार • १८:५३:०० बजे
  • 922
    SHARES
  • छानबिन समितिलाई सजिलो पार्न राजीनामा दिएँ : जनार्दन शर्मा

    जनार्दन शर्माले छानबिन समितिलाई सजिलो पार्न र सत्यतथ्य संसद्मा ल्याउन आफूले अर्थमन्त्रीको पदबाट राजीनामा दिएको बताएका छन् ।

    images

    संसद्बाट बाहिरिने क्रममा सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्र्रिया दिँदै शर्माले आफूले बजेट निर्माणका क्रममा कुनै पनि गल्ती नगरेको समेत प्रष्ट्याए ।

    “मैले बजेट निर्माणमा कुनै पनि गल्ती गरेको छैन, स्थापित मूल्य, विधि र पद्दतिका आधारमा बजेट निर्माण भएको छ”, उनले भने, “जुन किसिमले विषय उठेको छ, त्यसले आम जनातामा भ्रम परेको छ, सत्यतथ्य छानबिनबाट त्यो भ्रम निवारण हुनेछ भन्ने विश्वास छ ।”

    आज प्रतिनिधिसभाले आगामी आर्थिक वर्षको बजेट निर्माणका सन्दर्भमा अनधिकृत व्यक्तिको संलग्नताबारे उठेको प्रश्नमा छानबिनका लागि संसदीय विशेष समिति गठन गरेलगत्तै सदनमा सम्बोधन गर्दै शर्माले राजीनामा दिएको घोषणा गरेका थिए ।

  • सम्बन्धित विषय:

  • # जनार्दन शर्मा
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology