Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

देशभर ४५ प्रतिशत मात्रै रोपाइँ

देशभर ४५ प्रतिशत मात्रै रोपाइँ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ २३, २०७९ बिहिवार • १०:२८:५८ बजे
  • 907
    SHARES
  • देशभर ४५ प्रतिशत मात्रै रोपाइँ

    असार अन्तिम हप्तासम्म देशभर ४५ प्रतिशत धान रोपाइँ भएको छ ।

    images

    बाली विकास तथा जैविक विविधता केन्द्रका अनुसार गत वर्ष यसबेला ६० प्रतिशत धान रोपाइँ भइसकेको थियो ।

    यसपटक मनसुन फरक–फरक तरिकाले सक्रिय भइरहँदा कुनै ठाउँमा बढी र कम रोपाइँ भएको छ ।

    पूर्वी भूभागमा रोपाइँ कम भएको केन्द्रका प्रभुख महानन्द जोशीले जानकारी दिए ।

    यसपटक मल र सिँचाइको अभावले पनि ढिलो भएको उनले बताए । हालसम्म प्रदेश १ मा ३२, मधेसमा २०, गण्डकी ४२, लुम्बिनी ५३, कर्णाली ७० र सुदूरपश्चिममा ५५ प्रतिशत धान रोपाइँ भएको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology