Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

धमाधम राजीनामा दिँदै बेलायतका मन्त्री, जोनसन सरकार संकटमा

धमाधम राजीनामा दिँदै बेलायतका मन्त्री, जोनसन सरकार संकटमा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ २३, २०७९ बिहिवार • १०:३१:१९ बजे
  • 811
    SHARES
  • धमाधम राजीनामा दिँदै बेलायतका मन्त्री, जोनसन सरकार संकटमा

    लन्डन । बेलायतका मन्त्रीहरुले धमाधम राजीनामा दिन थालेपछि बोरिस जोनसनको सरकार संकटमा परेको छ ।

    images

    यौन दुव्र्यवहारको आरोप लागेका कन्जरभेटिभ सांसदबारे प्रधानमन्त्रीकाे ‘ह्यान्डलिङ’लाई लिएर मंगलबार स्वास्थ्यमन्त्री र अर्थमन्त्रीले एकै पटक राजीनामा दिएपछि महिनौंदेखिको राजनीतिक अस्थिरता अचानक बढेको हो ।

    बुधबार साँझसम्म कनिष्ठ मन्त्री र सांसदहरूको राजीनामा र अविश्वासको पत्रको ‘बाढी’ आएको थियो । बुधबार साँझ नै वरिष्ठ मन्त्रीहरूको एउटा समूह प्रधानमन्त्री निवास डाउनिङ स्ट्रिट पुगेर प्रधानमन्त्री जोनसनलाई राजीनामा दिन कर गरे । तर, पछिल्लो निर्वाचनमा मतदाताहरूबाट पाएको ‘ठूलो जनादेश’ सम्मान गर्दै आफूले राजीनामा नदिने अडान लिए । प्रधानमन्त्री जोनसनले राजीनमा दिन सुझाव दिने एक मन्त्रीलाई नै बर्खास्त गरे ।

     

    एक साताअघि कन्जरभेटिभ सांसद क्रिस पिन्चरले कार्लटन प्राइभेट मेम्बर्स क्लबममा आयोजित मदिरा पार्टीपछि ह्विपको भूमिकाबाट राजीनामा दिएका थिए । राजीनामा पत्रमा क्रिस पिन्चरले आफूले ‘धेरै पिएको’ र यसले आफू र मानिसहरूलाई लज्जित तुल्याएको प्रधानमन्त्रीलाई बताएका छन् ।

    पिन्चरले आफूले नराम्रो व्यवहार गरेको महसुस गरेकाले उनलाई संसदबाट बर्खास्त गर्नु नपर्ने र उनलाई कारबाही नगर्ने सरकारले सञ्चार माध्यममा ब्रिफिङ गर्‍यो । दुर्व्यवहार गर्ने सांसदलाई बचाउ गरेपछि कन्जरभेटिभ सांसद प्रधानमन्त्रीसँग रुष्ट बनेका थिए । पिन्चरविरुद्ध विगतमा पनि यौन दुर्व्यवहारको यस्तै आरोप लागेको थियो । यद्यपि, जोन्सनले उनलाई पार्टीको उपप्रमुख सचेतकको रूपमा राखिरहे ।

  • सम्बन्धित विषय:

  • # जोनसन सरकार संकटमा
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology