Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

बुढीगंगामा फेरि विवाद, प्रहरीद्वारा हवाइफायर

बुढीगंगामा फेरि विवाद, प्रहरीद्वारा हवाइफायर

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ २३, २०७९ बिहिवार • १४:०४:४८ बजे
  • 850
    SHARES
  • बुढीगंगामा फेरि विवाद, प्रहरीद्वारा हवाइफायर

    बाजुराको बुढीगंगा नगरपालिकामा मतदानमा आज पनि विवाद सिर्जना भएको छ ।

    images

    विवाद भएपछि नियन्त्रण गर्न प्रहरीले गोली चलाएको छ । सुदूरपश्चिम प्रदेशका डीआईजी मोहनकुमार आचार्यका अनुसार त्रिशक्ति मावि मतदान केन्द्रमा दुई पक्षबीच झगडा भएको थियो ।

    विवाद बढेपछि प्रहरीले हवाई फायर गरेको उनको भनाइ छ । उनका अनुसार अहिले स्थिति नियन्त्रणमा आइसकेको छ । आजको निर्वाचनमा बुढीगंगा नगरपालिकामा–१० वटा बुथमा १९ वटा मतदान केन्द्रको व्यवस्था गरिएको निर्वाचन कार्यालयले जनाएको छ ।

    यसअघि वैशाख ३० गते भएको स्थानीय निर्वाचनमा विवाद भएपछि मतदान रद्द गरिएको थियो । आज कडा सुरक्षाबीच मतदान भइरहेको छ । मतदानका लागि एक हजारभन्दा बढी सुरक्षाकर्मी खटाइएको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology