Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

प्रचण्डले पेश गरेको राजनीतिक प्रतिवेदन सर्वसम्मतिले पारित

प्रचण्डले पेश गरेको राजनीतिक प्रतिवेदन सर्वसम्मतिले पारित

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ २३, २०७९ बिहिवार • १४:४०:५८ बजे
  • 598
    SHARES
  • प्रचण्डले पेश गरेको राजनीतिक प्रतिवेदन सर्वसम्मतिले पारित

    नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले केन्द्रीय समिति बैठकमा पेश गरेको राजनीतिक प्रतिवेदन सर्वसम्मतिले पारित भएको छ ।

    images

    यसअघि बैठकको पहिलो दिन प्रदेश अध्यक्ष र दोस्रो दिन केन्द्रीय सदस्यले अध्यक्षको प्रतिवेदनमाथि प्रश्न उठाएका थिए । आज जवाफ दिने क्रममा प्रचण्डको प्रतिवेदन सर्वसम्मतिले पारित भएको हो ।

    अब बैठकमा पेश भएका विभिन्न एजेन्डामाथि छलफल हुने भएको छ । बैठक अहिले पनि जारी छ ।

    माओवादीले अन्तर्घातीलाई कारबाही गर्ने


    नेकपा माओवादी केन्द्रले बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा भएको अन्तर्घातमाथि छानबिन गर्ने भएको छ ।

    काठमाडौंमा जारी केन्द्रीय समितिमा बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनुशासन आयोगका अध्यक्ष टंक राईको नेतृत्वमा छानबिन समिति बनाउने प्रस्ताव राखेका छन् । उक्तसमितिले १५ दिनभित्र स्थायी समितिलाई प्रतिवेदन बुझाउने र त्यसका आधारमा कारबाही गर्ने उनले बताए ।


    संघीय निर्वाचनमा हुन सक्ने थप क्षतिलाई रोक्न छानबिन समिति बनाइने अध्यक्ष प्रचण्डको भनाइ छ । दोषीमाथि विधानअनुसार निलम्बन र निष्काशनसम्मको कारबाही गरिने उनले बताए । मधेसका धेरै र पहाडका केही स्थानमा स्थानीय तह निर्वाचनमा अन्तर्घात देखिएकाले त्यसबारे छानबिन गर्ने उनले बताए ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology