Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

कण्डमको मूल्य १ लाख रुपैयाँ पुगेपछि…

कण्डमको मूल्य १ लाख रुपैयाँ पुगेपछि…

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ २३, २०७९ बिहिवार • १४:४२:५८ बजे
  • 2.0K
    SHARES
  • कण्डमको मूल्य १ लाख रुपैयाँ पुगेपछि…

    एजेन्सी/ संसारका धेरै देशहरुमा सरकारले अस्थायी साधन कण्डम जनतालाई सित्तैमा उपलब्ध गराउँछ । तर एउटा देश यस्तो छ जहाँ कण्डमको मूल्यमा चरम वृद्धि हुँदा जनतामा हाहाकार मच्चिएको छ । उक्त देशमा कण्डमको एक प्याकेटको मूल्य झण्डै एक लाख रुपैयाँ पुगेको छ ।

    images

    कण्डमको मूल्य अस्वभाविक रुपमा बढेको देश हो भेनेजुयला । उक्त दक्षिण अमेरिकी मुलुकमा एक प्याकेट कण्डम ९६ हजार रुपैयाँ बराबरको मूल्यमा बिक्री भैरहेको छ ।

    यति महँगो हुँदाहुँदै पनि कण्डम किन्नका लागि औषधि पसल तथा कण्डम पाइने स्टोरहरू बाहिर मानिसहरुको ठूलो भीड लाग्ने गरेको छ । कण्डम मात्र होइन गर्भनिरोधक पिल्सको मूल्यले पनि भेनेजुयलामा आकाश छोएको छ ।

    भेनेजुयला यस्तो देश हो जहाँ गर्भपतन गर्नु गैरकानुनी हुन्छ । यदि कसैले कानुनविपरीत गर्भपतन गराएको पाइएमा कडा सजाय हुन्छ ।

    संयुक्त राष्ट्रसंघको विश्व जनसंख्या रिपोर्ट सन् २०१५ अनुसार भेनेजुयलामा किशोरीहरुमा गर्भाधारणको सबैभन्दा धेरै घटना सार्वजनिक भएका थिए । अविवाहित किशोरीहरू गर्भवती हुने मामिलामा भेनेजुयला दक्षिण अमेरिकामै सबैभन्दा अगाडि छ ।

    भेनेजुयलामा अस्थायी गर्भनिरोधका लागि महिलाले प्रयोग गर्ने अन्य विभिन्न साधनसमेत उपलब्ध भए पनि पुरुष कण्डम नै पहिलो रोजाइमा पर्ने गरेको छ ।

    समाचार अनुसार कतिपय मानिसहरू हरेक महिना आफ्नो तलबको करिब आधा रकम कण्डम तथा पिल्स जस्ता गर्भनिरोधका साधन खरिद गर्नमै खर्चिने गरेका छन् ।

    स्मरणरहोस् अमेरिकालगायतका पश्चिमा मुलुकहरूको प्रतिबन्धका कारण भेनेजुयलामा उपभोग्य सामानहरूमासमेत चरम मूल्यवृद्धि भएको छ र त्यहाँको मुद्राको अवमूल्यन अति उच्च भएको छ ।

     

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology