Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

माओवादी केन्द्रले नारायणकाजी श्रेष्ठलाई वरिष्ठ उपाध्यक्ष बनाउने

माओवादी केन्द्रले नारायणकाजी श्रेष्ठलाई वरिष्ठ उपाध्यक्ष बनाउने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ २३, २०७९ बिहिवार • १९:१०:१९ बजे
  • 1.4K
    SHARES
  • माओवादी केन्द्रले नारायणकाजी श्रेष्ठलाई वरिष्ठ उपाध्यक्ष बनाउने

    नेकपा माओवादी केन्द्रले नारायणकाजी श्रेष्ठलाई वरिष्ठ उपाध्यक्ष बनाउने भएको छ ।

    images

    पार्टी केन्द्रीय समिति बैठकबाट पदाधिकारीको टुंगो नलागेपनि वरिष्ठ उपाध्यक्षमा श्रेष्ठलाई बनाउने तयारी गरिएको हो ।

    बैठकमा अध्यक्ष प्रचण्डले पदाधिकारीमा सबैको टुंगो लागेपनि महासचिव र उपमहासचिवमा थोरै मिलाउनुपर्ने भएकाले २÷४ दिनको समय मागेका हुन् ।

    वरिष्ठ उपाध्यक्षमा श्रेष्ठलाई नै बनाउने पक्का पक्की भएपनि सबै पदाधिकारीको टुंगो नलागेकाले घोषणा नगरिएको हो ।

    श्रेष्ठ यसअघि तत्कालिन नेकपा सचिवालय सदस्य एवम पार्टी प्रवक्ताको जिम्मेवारीमा थिए । माओवादीमा भने प्रचण्डपछि दोस्रो वरियतामा श्रेष्ठ रहने भएका हुन् ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology