Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेमाथि गोली प्रहार

जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेमाथि गोली प्रहार

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ २४, २०७९ शुक्रवार • १०:३९:३२ बजे
  • 649
    SHARES
  • जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेमाथि गोली प्रहार

    जापानका पूर्व प्रधानमन्त्री सिन्जो आबेमाथि गोली प्रहार भएको छ । नारा सहरमा भाषण गर्दै गर्दा उनीमाथि गोली प्रहार भएको हो । जापानी सञ्चारमाध्यहरुले गोली लागेका पूर्वप्रधानमन्त्री आबेको शरीरबाट रगत बगेको र उनी ढलेको बताएका छन् ।

    images

    आबेको छातीमा गोली लागेको र उनलाई एम्बुलेन्समा हालेर लगिएको जनाएको छ । घटनास्थलमा रहेका एनएचकेका संवाददाताले यामातो साइदाइजी स्टेसनमा गोलीको आवाज सुनेको बताएका छन् ।

    नारामा पुनः हुन गइरहेको निर्वाचनका लागि प्रचारप्रसारका क्रममा भाषण गरिरहेका उनलाई गोली प्रहार भएको हो । स्थानीय समयअनुसार बिहान साढे ११ बजे उनलाई गोली प्रहार गरिएको थियो ।

    उनलाई गोली प्रहार भए लगत्तै प्राथमिक उपचार गरेर एम्बुलेन्समार्फत नजिकैको खुला स्थानमा लगिएको थियो र त्यहाँबाट प्यारामेडिक हेलिकोप्टरमा राखेर अस्पताल पुर्‍याइएको थियो ।

    एनएचकेले दिएको जानकारी अनुसार अस्पताल पुर्‍याउँदासम्म बोलिरहेका उनी अहिले अचेत छन् । उनको अवस्था निकै गम्भीर रहेको बताइएको छ ।

    आबेलाई गोली हान्ने ४२ वर्षीय तेत्सुया यामागामीलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology