Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

अभिनेता राज बब्बरलाई २ वर्ष जेल सजाय

अभिनेता राज बब्बरलाई २ वर्ष जेल सजाय

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ २४, २०७९ शुक्रवार • १०:४६:१४ बजे
  • 694
    SHARES
  • अभिनेता राज बब्बरलाई २ वर्ष जेल सजाय

    लखनउको एमपी–एमएलए अदालतले अभिनेता तथा कंग्रेस नेता राज बब्बरलाई दुई वर्षको जेल सजाय सुनाएको छ । २६ वर्षअघिको एक घटनालाई आधार मान्दै उनलाई जेल सजायका साथै ८ हजार ५ सय रुपैयाँ जरिवाना पनि तिर्न भनेको हो ।

    images

    यद्यपि अदालतले उनलाई यो मामलामा अन्तरिम जमानत पनि दिएको छ । अब उनले ३० दिन भित्र उच्च अदालतमा जानुपर्नेछ । फैसलाको समयमा राज अदालतमै उपस्थित थिए । उनले यो फैसलाविरुद्ध उच्च अदालतमा चुनौती दिने बताएका छन् ।

    लखनउको वजीरगञ्जमा उनले निर्वाचन अधिकारीलाई सन् १९९६ मा कुटपिट गरेका थिए ।

    त्यो निर्वाचनमा राज बब्बर प्रत्यासी थिए । सन् १९९६ मे २ मा मतदान अधिकारी श्रीकृष्ण राणाले थाना वजीरगञ्जमा प्रत्याशी राज बब्बर र अरविन्द यादवसहित अन्य व्यक्तिविरुद्ध एफआईआर दर्ता गराएका थिए ।

    यो मामलामा बिहीबार फैसला सुनाइएको हो ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology