Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

जनकपुरमा आधुनिक बसपार्क निर्माणको काम सुरु

जनकपुरमा आधुनिक बसपार्क निर्माणको काम सुरु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ २४, २०७९ शुक्रवार • ११:४९:४६ बजे
  • 1.2K
    SHARES
  • जनकपुरमा आधुनिक बसपार्क निर्माणको काम सुरु

     मधेस प्रदेशको राजधानी जनकपुरमा आधुनिक र व्यस्थित बसपार्क निर्माणको काम सुरु भएको छ । जनकपुरधाम उपमहानगरपालिका–२३ मा सार्वजनिक यातायातलाई व्यवस्थित बनाउन बसपार्क निर्माण गर्न लागिएको हो ।

    images

    सहरी विकास तथा भवन विभाग अन्तर्गत रहेको संघीय आयोजना कार्यान्वयन इकाई धनुषाले १० करोड २८ लाख लगानीमा बसपार्क निर्माण काम अघि बढाएको छ । बसपार्क निर्माण मार्फत ऐतिहासिक एवं धार्मिक पर्यटकीय गन्तव्य जनकपुरधामलाई व्यवस्थित बनाउने उद्देश्य लिइएको छ ।

     

    जनकपुरमा हाल आन्तरिकसँगै छिमेकी देश भारतबाट समेत दैनिक हजारौको संख्यामा यात्रु आवतजावत गर्दै आएका छन् ।बसपार्कको सहरी विकास मन्त्री मेटमणि चौधरीले एक कार्यक्रमकाबीच शिलान्यास गरेका छन् । मन्त्री चौधरीले सम्झौता बमोजिम १५ महिनाभित्र बसपार्क निर्माण सम्पन्न गर्न निर्देशन दिए ।

    बसपार्क परिसरमा बस पार्किङ स्थलसँगै सार्वजनिक शौचालय, टिकट काउण्टर तथा चमेणा गृह, तीन वटा प्रतिक्षालय, २५ वटा कार तथा ५० मोटरसाइकल अस्थायी पार्किङ, १२५ स्थायी पार्किङ क्षेत्र, १.५ मिटर चौडाई र २२०० मिटर लामो फुटपाथ, आरसीसी पार्किङ क्षेत्र, आगमन प्रस्थानका लागि अस्फाल्ट सडक पहिलो चरणमा निर्माण हुनेछ ।

    जनकपुरधाम-२३ मा रहेका ४ विघा जग्गामा बसपार्क निर्माण हुनेछ । आयोजनाले बसपार्क निर्माण गरेर उपमहानगरपालिकालाई हस्तान्तरण गर्नेछ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology