जापानका पूर्व प्रधानमन्त्री शिन्जो आबेमाथि शुक्रबार देशको पश्चिमी हिस्सा नारामा एक सडकमा भाषण दिइरहेका बेला गोली प्रहार गरियो । प्रहरीले ४१ वर्षका संदिग्ध हमलाकर्तालाई पक्राउ गरिसकेको छ ।
उनले आबेलाई गोली हानेपछि भाग्ने कोसिस गरेका थिएनन् । संदिग्ध हमलाकर्तालाई नाराको निशी प्रहरी स्टेशनमा लगिएको छ । उनको पहिचान तेत्सुया यामागामीको रुपमा भएको छ ।
उनी नारा सिटीकै बासिन्दा भएको बीबीसीले बताएको छ । लिबरल डेमोक्रेटिक पार्टीले आबेलाई पछाडिबाट गोली हानिएको जानकारी दिएकाे थियो ।
पहिलो गोली मिस भएपनि दोस्रो गोली भने उनलाई लागेको खबरमा उल्लेख छ ।