Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

निषेधाज्ञामा पनि घटेन प्रसूति सेवा लिन आउनेको संख्या

निषेधाज्ञामा पनि घटेन प्रसूति सेवा लिन आउनेको संख्या

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र २१, २०७७ आइतवार • १७:०४:१५ बजे
  • 1.1K
    SHARES
  • निषेधाज्ञामा पनि घटेन प्रसूति सेवा लिन आउनेको संख्या

    थापाथलीस्थित परोपकार प्रसूति गृह तथा स्त्री रोग अस्पतालमा प्रसूति सेवा लिन आउनेको सङ्ख्यामा कमी आएको छैन । यातायातको असुबिधाका कारण नियमित परीक्षणका लागि आउनेको सङ्ख्यामा केही कमी भए पनि ‘सुत्केरी’ गराउनेको भने कमी नआएको जनाइएको छ ।

    images

    दैनिक ६० देखि ७० जना सुत्केरी हुने गरेका अस्पतालका उपनिर्देशक श्रीप्रसाद अधिकारीले बताउनुभयाे । तीमध्ये शल्यक्रियामार्फत सन्तानलाई जन्म दिनेको सङ्ख्या दैनिक २० देखि ३० जना रहेका छन् । उपत्यकाभित्र र उपत्यका बाहिरबाट पनि प्रसूति सेवाका लागि महिला अस्पतालमा आइरहेका छन् ।

    कतिपय निजी अस्पतालले यस समयमा सजिलै भर्ना गर्न नमान्ने र कतिपय अस्पताल सिल भए पनि सो अस्पतालले अहिलेसम्म सेवा नियमित गरिरहेको छ । उनले भने, “सरकारी अस्पताल भएकाले जस्तोसुकै अवस्थामा सेवा पाइन्छ भन्ने नागरिकको विश्वास रहेको छ ।”

    अस्पतालमा सामान्य अवस्थाभन्दा नियमित गर्भवती जाँचका लागि आउनेको सङ्ख्या भने घटेको छ । अस्पतालमा एक महिनामा झण्डै छ हजार नियमित जाँचका लागि आउने गरेका छन् । यो सङ्ख्या बन्दाबन्दीको अवधिमा झण्डै ४० प्रतिशत कम थियो । उपत्यकामा निषेधाज्ञा जारी भएपछि अहिलेको आधा सङ्ख्यामा मात्रै जाँचका लागि आएको पाइएको छ ।

    कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि सरकारले गत चैतदेखि बन्दाबन्दी लागू गरे पनि गत वर्ष अघिल्ला वर्षहरुभन्दा बिरामीको चाप कम नभएको तथ्याङ्कले देखाएको छ । गत आवमा २२ हजार ४०० ले सेवा लिएका थिए । यो सङ्ख्या आव ०७५र७६ मा २१ हजार ५०० थियो ।

  • सम्बन्धित विषय:

  • # स्वास्थ्य
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology