Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

श्रीलङ्काका राष्ट्रपति र प्रधानमन्त्रीको राजीनामा माग

श्रीलङ्काका राष्ट्रपति र प्रधानमन्त्रीको राजीनामा माग

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ २४, २०७९ शुक्रवार • १९:५०:५१ बजे
  • 1.0K
    SHARES
  • श्रीलङ्काका राष्ट्रपति र प्रधानमन्त्रीको राजीनामा माग

    एजेन्सी । श्रीलङ्काका राष्ट्रपति र प्रधानमन्त्रीले पदबाट राजीनामा दिनुपर्ने आवाज उठेको छ ।

    images

    उहाँहरुले आर्थिक सङ्कट समाधान गर्न नसकेको भन्दै राजीनामा माग गरिएको हो । श्रीलङ्काको गिर्जाघरको तर्फबाट राष्ट्रपति गोटाबाय राजापाक्ष र प्रधानमन्त्री रनिल विक्रमासिङ्घेको राजीनामा माग गरिएको हो ।

    उनीहरुले आर्थिक सङ्कट, इन्धनको अभाव, मूल्य बृद्धि न्युनिकरण गर्न नसकेकोले पदमा बसिरहनुको औचित्य नरहेको गिर्जाघरको भनाइ छ । दुबै जना आफ्नो जिम्मेवारीमा असफल भएकाले उहाँहरुले तत्काल राजीनामा दिनुपर्ने तर्क गरिएको छ ।

    उनीहरुले राजीनामा दिएमा अर्को व्यक्तिले संकटको समाधान गर्ने विश्वास पनि व्यक्त गरिएको छ ।

    गिर्जाघरको तर्फबाट जारी गरिएको वक्तव्यमा राष्ट्रपति र प्रधानमन्त्री दुबैले नैतिकताका आधारमा आफै महसुस गरेर राजीनामा दिनुपर्ने उल्लेख गरिएको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology