Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

जापानका पूर्वप्रधानमन्त्री आबेको निधनप्रति प्रधानमन्त्री देउवाद्वारा दुःख व्यक्त

जापानका पूर्वप्रधानमन्त्री आबेको निधनप्रति प्रधानमन्त्री देउवाद्वारा दुःख व्यक्त

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ २४, २०७९ शुक्रवार • २१:३०:३७ बजे
  • 784
    SHARES
  • जापानका पूर्वप्रधानमन्त्री आबेको निधनप्रति प्रधानमन्त्री देउवाद्वारा दुःख व्यक्त

    प्रधानमन्त्री शेरबहादुर देउवाले जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको निधनप्रति दुःख व्यक्त गरेका छन् ।

    images

    प्रधानमन्त्री देउवाले आज सामाजिक सञ्जाल ट्वीटमार्फत पूर्वप्रधानमन्त्री शिन्जोको निधनको खबर सुनेर दुःख लागेको उल्लेख गरेका छन् । उनले लेखेका छन्– ‘जापानका पूर्वप्रधानमन्त्री शिन्जोप्रति हार्दिक श्रद्धाञ्जली ।

    उहाँ विश्वका चर्चित नेता मात्र नभएर नेपालको असल मित्र पनि हुनहुन्थ्यो ।’ उनले शोकको यस दुःखद् घडीमा जापानका जनता र शोक सन्तप्त परिवारका सदस्यहरूमा समवेदना प्रकट गरेका छन् ।

    शुक्रबार बिहान चुनावी सभालाई सम्बोधन गर्ने क्रममा गोली लागि घाइते भएका पूर्वप्रधानमन्त्री शिन्जोको निधन भएको हो ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology