Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

शाङ्घाईमा १०० भन्दा बढी चलचित्र हलहरू पुनःसञ्चालनमा

शाङ्घाईमा १०० भन्दा बढी चलचित्र हलहरू पुनःसञ्चालनमा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ २४, २०७९ शुक्रवार • २१:३४:०८ बजे
  • 919
    SHARES
  • शाङ्घाईमा १०० भन्दा बढी चलचित्र हलहरू पुनःसञ्चालनमा

    एजेन्सी । कोभिड-१९ को माहामारीको नियन्त्रणका लागि करिब चार महिनादेखि बन्द रहेका शाङ्घाईका १०० भन्दा बढी चलचित्र हलहरू शुक्रबारदेखि पुनः सञ्चालनमा आएका छन् ।

    images

    शाङ्घाईको चलचित्र विभागद्वारा जारी विज्ञप्तिअनुसार हाल चलचित्र हललाई बढीमा ५० प्रतिशत क्षमतामा दर्शक राखेर चलचित्र प्रदर्शन गर्न दिइएको छ भने दर्शकहरूले हलमा रहँदा सामाजिक दूरी कायम गर्ने व्यवस्था मिलाउन भनिएको छ ।

    विभागका अनुसार शाङ्घाई शहरमा सिनेमाका कर्मचारीहरूको दैनिक स्वास्थ्य निगरानी, दर्शकहरूको सुरक्षा सुनिश्चित गरिनेछ र अन्य कुराहरूका साथै हलबाट सङ्क्रमण नफैलियोस् भनी सम्भावित तालिका, संक्रमण रोकथाम र नियन्त्रण सुनिश्चित गरिनेछ । शाङ्घाईका थुप्रै सिनेमाहरूले शुक्रबार बिहान सबेरै प्रदर्शन गर्ने प्रबन्ध मिलाएका थिए ।

    शुक्रबार बिहान १२ बजेभन्दा अघि नै चलचित्र क्षेत्रका केही व्यक्तिहरू शाङ्घाईको ऐतिहासिक मनोरञ्जन क्षेत्र सिन्तियाडीस्थित युएमई सिनेमा हल अगाडि आएका देखिएका थिए ।

    युएमई सिनेमा हलका एक व्यवस्थापकले भने, “हाम्रो सेवा पुनः खोल्न, हललाई कीटाणुमुक्त गर्न, मेसिन मर्मत र चलचित्र तालिका बनाउने जस्ता कार्यहरूको तयारी गर्न कर्मचारीहरू हप्तौंअघि आफ्नो पदमा फर्केका छन् ।”

    सन् २०२२ को बसन्त पर्वको बिदाको समयमा, शाङ्घाइको चलचित्र बजारले सबै चिनियाँ शहरहरूको नेतृत्व गरेको थियो जसमा कुल दुई करोड ५९ लाख युआन (करिब तीन करोड ८६ लाख अमेरिकी डलर) कारोबार भएको थियो ।

    कोभिड–१९ सङ्क्रमणको माहामारीका कारण मार्च १० देखि शाङ्घाईका चलचित्र हलहरूमा सिनेमा प्रदर्शनमा रोक लगाइएको थियो । महामारी रोकथाम र नियन्त्रणको उपायका नयाँ मापदण्ड पूरा गर्ने चलचित्रहलहरू आगामी दिनमा पूर्णतया खोलिनेछ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology