Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

नायक अर्जुन कपुर कोरोना संक्रमित

नायक अर्जुन कपुर कोरोना संक्रमित

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र २१, २०७७ आइतवार • १९:३८:४६ बजे
  • 4.4K
    SHARES
  • नायक अर्जुन कपुर कोरोना संक्रमित
    बलिउड अभिनेता अर्जुन कपुर कोरोना संक्रमित भएको भारतीय सञ्चार माध्यम दैनिक भास्करले बताएको छ ।अर्जुन चाँडै नै यसबारे घोषणा गर्ने तयारीमा रहेको स्रोतले बताएको छ । स्रोतका अनुसार अर्जुनको कोरोना परीक्षणको रिपोर्ट आइतबार बिहान मात्रै आएको हो । अभिनेताले दिउँसो आफ्नो आधिकारिक बयान जारी राख्ने पनि स्रोतले दाबी गरेको छ ।

    अर्जुन कपुर निखिल आडवाणीको ब्यानरमा बनेको फिल्मको सुटिङ फिल्मसिटीमा गरिरहेका थिए । त्यहाँ भारत पाकिस्तानको सीमावर्ती इलाकाको सेट बनेको छ । यो विभाजनको नकारात्मक पक्षको प्रेम कथामा आधारित फिल्म हो ।

    images

    अर्जुन कपुरको आधिकारिक बयान आउनुअघि नै भास्करले अर्जुनको टीम र निर्माता निखिल आडवाणीसँग सम्पर्क गरेको तर उनीहरुले आधिकारिक जानकारी दिनुअघि समय माग गरेको बताइएको छ । अर्जुनका पिता बोनी कपुरले पनि यसका लागि समय मागे । अर्जुनले यसबारे आफ्नो ह्यान्डलबाट आधिकारिक जानकारी दिने बताइएको छ ।

  • सम्बन्धित विषय:

  • # मनाेरञ्जन
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology