Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

एमालेसँग तालमेलको सम्भावना छैन : नेता गुरुङ

एमालेसँग तालमेलको सम्भावना छैन : नेता गुरुङ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ २६, २०७९ आइतवार • १९:५२:४४ बजे
  • 736
    SHARES
  • एमालेसँग तालमेलको सम्भावना छैन : नेता गुरुङ

    नेकपा माओवादी केन्द्रका नेता देव गुरुङले नेकपा एमालेसँग तालमेल वा गठबन्धनको सम्भावना नरहेको बताएका छन् ।

    images

    आइतबार संवाद डबलीले आयोजना गरेको कार्यक्रममा नेता गुरुङले आगामी संघ र प्रदेशको निर्वाचनमा एमालेसँग तालमेलको सम्भावना नरहेको बताएका हुन् ।

    एमालेले विगतमा गरेका गल्तीको आत्मसमीक्षा नगरेकाले त्यो सम्भावना नभएको उनको भनाइ छ । नेता गुरुङले भने, ‘राष्ट्रियताको मुद्दामा आत्मसमीक्षा भएको छैन ।

    संविधान डिरेल गर्ने खालका समस्या देखापरे । त्यस सन्दर्भमा गम्भीरतापूर्वक आत्मसमीक्षा भएको छैन ।’ उनले ती विषयमा गम्भीर आत्मसमीक्षा भएको अवस्थामा एकता हुन सक्ने बताउँदै तत्काल भने त्यो अवस्था नभएको बताए

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology