Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

पोखरा महानगरको बजेट पारित

पोखरा महानगरको बजेट पारित

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ २६, २०७९ आइतवार • १९:५५:३८ बजे
  • 742
    SHARES
  • पोखरा महानगरको बजेट पारित

    पोखरा महानगरपालिकाको आज बसेको नगरसभाले आगामी आर्थिक वर्ष २०७९/८० का लागि आठ अर्ब ७७ करोड ७५ लाख ५५ हजार बराबरको बजेट पारित गरेको छ । गत असार १० गते उपप्रमुख मञ्जुदेवी गुरुङले ११औँ नगरसभामा प्रस्तुत गरेको बजेट कार्यक्रम सभामा छलफलपछि सर्वसम्मत पारित गरिएको महानगर प्रमुख धनराज आचार्यले बताए ।

    images

    महानगरपालिकाले आगामी वर्ष चालु वर्षको भन्दा दुई अर्ब ३६ करोड ६५ लाख ५५ हजार बढी बजेट ल्याएको छ । चालु आवमा महानगरको बजेट छ अर्ब ४१ करोड १० लाख थियो । यसैगरी नगरसभाले न्यायिक समिति, लेखा समिति र विधायन समिति गठन गरेको छ ।

    न्यायिक समितिको संयोजक महानगरका उपप्रमुख गुरुङको संयोजकत्वमा भावना श्रेष्ठ र कालिदाश पोखरेल सदस्य रहेका छन् । लेखासमितिको संयोजकमा झपटबहादुर रानाभाट र सदस्यमा विष्णुमणि बराल, बलराम पौडेल, रामजी पौडेल र दुर्गा थापा सदस्यमा चयन भएका छन् ।

    विधायन समिति संयोजकमा पुष्पेन्द्र पाण्डे तथा सदस्यमा राममोहन आचार्य, प्रेम प्रसाद कर्माचार्य, निर्मल दियाली र गङ्गाबहादुर खत्री चयन भएका छन् । नगरसभाले पोखरा महानगरपालिका आकस्मिक कोष स्थापना तथा सञ्चालन ऐन २०७९, आर्थिक ऐन २०७९ र विनियोजन ऐन २०७९ सर्वसम्मत पारित गरेको छ ।

    यसैगरी पोखरा महानगरको मध्यमकालिन खर्च संरचना पारित गरिएको प्रमुख आचार्यले बताए । महानगरको आगामी बजेटका स्रोतमा संघीय सरकार अनुदान दुई अर्ब ५८ करोड ८६ लाख, प्रदेश सरकार अनुदान ११ करोड २८ लाख, आन्तरिक आम्दानी तीन अर्व एक करोड रहेको रहेको छ ।

    यसैगरी संघीय राजस्व बाँडफाँटबाट ३७ करोड ३७ लाख, प्रदेश राजस्व बाँडफाँट एक करोड ४२ लाख ५२ हजार र न्यून हुन जाने दुई अर्ब ४० करोड ८१ लाख बजेट चालु आवको अन्त्यमा बचत हुने मौज्दातबाट व्यहोरिने महानगरले जनाएको छ ।

    बजेटमा पूर्वाधार विकासतर्फ चार अर्ब ५३ करोड ६२ लाख, नगर कार्यपालिका कार्यालयतर्फ एक अर्ब २५ करोड ८७ लाख, सामाजिक विकासमा दुई अर्ब छ करोड ९२ लाख, शिक्षामा एक अर्ब ४९ करोड ३६ लाख, स्वास्थ्यतर्फ ५० करोड पाँच लाख, कृषितर्फ १६ करोड ७३ लाख ६५ हजार र वडा कार्यालयतर्फ रु ७२ करोड ६० लाख छुट्टाइएको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology