Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

एकीकृत समाजवादी प्रवास समन्वय कमिटीको सपथ ग्रहण सम्पन्न

एकीकृत समाजवादी प्रवास समन्वय कमिटीको सपथ ग्रहण सम्पन्न

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ २७, २०७९ सोमवार • १०:२०:४० बजे
  • 1.1K
    SHARES
  • एकीकृत समाजवादी प्रवास समन्वय कमिटीको सपथ ग्रहण सम्पन्न

    नेकपा (एकीकृत समाजवादी) को प्रवासी नेपाली एकता मञ्च प्रवास समन्वय कमिटीको सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ।

    images

    सपथ ग्रहण कार्यक्रम आइतबार अनलाइनमार्फत भएको थियो । एकीकृत समाजवादीका स्थायी कमिटी सदस्य श्रीप्रसाद शाहको संयोजकत्वमा गठन भएको ४५ सदस्यीय समन्वय कमिटीको सह संयोजकद्वय सुवास पोखरेल(जर्मनी) र भीम कार्की(अमेरिका) छन्। कमिटीको सचिव ध्रुव सुवेदी(अस्ट्रेलिया) र उप सचिवद्वय रामहरी गैरे(कतार) तथा सागर रिजाल(जापान)रहेका छन्।

    त्यसैगरी कमिटीको सदस्यहरुमा सीता खरेल(अमेरिका),भानुभक्त पोखरेल (नेपाल),सञ्जय मुडभरी(स्विजरल्याण्ड), अर्जुनखतिवडा(बेलायत), राधाकृष्ण देउजा(अमेरिका),टीबी कार्की(कतार),टेक गुरुङ(अमेरिका),डाक्टर मनमूर्ति भुर्तेल (रुस),कृष्ण तिवारी(बेलायत),मनोज भुसाल (फिनल्यान्ड),लिलानाथ कोइराला(ओमान),शुभराज बमजन(दक्षिण कोरिया),

    विमल गौतम (साउदी अरब),युवराज गैरे(कुवेत),टंक कटुवाल(पोल्याण्ड),राजन काफ्ले(आयरल्यान्ड),कृष्ण देवकोटा(जर्मनी),प्रेम गौतम(स्वीडेन),बाला घिमीरे(अमेरिका),यम लामा(अमेरिका),विपिन सापकोटा(युएई),शेरबहादुर परियार(पोल्याण्ड),दीपेन्द्र गजुरेल (स्पेन),राजु गुरुङ(युएई),निराजन सुवेदी(पोर्चुगल),अकल लामा(जर्मनी),हिरामान राई(हङकङ),माधव शाह(अस्ट्रेलिया),पशुपति प्रसाद भण्डारी(नर्वे),दोर्ण सिलवाल(जापान),निगम खनाल(क्यानडा),प्रेम वम्जन(ओमान),देवशंकर घिसिङ (कुवेत), हरि बहादुर तामाङ(क्रोसिया),चिन्तन बुढामगर(साइप्रस),जिवच्छ यादव(ब्रुनाई),धन बहादुर बोहरा(नेदरल्यान्ड्स),उमेश मोक्तान(बेलायत),अच्युत थपलिया (अस्ट्रेलिया)रहेका छन्।

    सपथ ग्रहण कार्यक्रममलाई सम्वोधन गर्दै अध्यक्ष माधव नेपालले नेपालको कम्युनिष्ट आन्दोलन जोगाउन विद्रोह गर्नु परेको बताए । उनले आफूहरुले संविधान विघटन हुनबाट देशलाई जोगाएको बताए ।

    लोकतन्त्र तथा गणतन्त्रको विरुद्धका र पक्षधरताको बीचको लडाई आजको मुख्य अन्तरविरोध भएको उनले बताए । उनले आगामी निर्वाचनमा प्रवासमा रहेका समाजवादी आन्दोलनका यात्रीहरुको सल्लाह, सुझाव र सहयोगको आवश्यकता रहेको बताए ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology