Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

११ महिनामा भित्रियो नौ खर्ब चार अर्ब रेमिटेन्स

११ महिनामा भित्रियो नौ खर्ब चार अर्ब रेमिटेन्स

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ २७, २०७९ सोमवार • १९:२८:३४ बजे
  • 970
    SHARES
  • ११ महिनामा भित्रियो नौ खर्ब चार अर्ब रेमिटेन्स

    चालु आर्थिक वर्षको ११ महिनामा नौ खर्ब चार अर्ब १८ करोड रुपैयाँ बराबरको रेमिटेन्स भित्रिएको छ ।

    images

    नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आवको ११ महिनाको विवरणअनुसार विप्रेषण आप्रवाहमा ३.८ प्रतिशतले वृद्धि भएको हो । केन्द्रीय बैंकका अनुसार अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १२.६ प्रतिशतले बढेको थियो ।

    अमेरिकी डलरमा भएको विप्रेषण आप्रवाह १.५ प्रशितले वृद्धि भई रु सात अर्ब ५१ करोड बराबर पुगेको छ। अघिल्लो वर्ष यस्तो आप्रवाह १०.५ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या उल्लेख्य रूपमा वृद्धि भएको छ ।

    केन्द्रीय बैंकका अनुसार कूल तीन लाख १३ हजार ३६७ नेपालीले त्यस्तो अनुमति लिएका छन् । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या ६८ प्रतिशतले घटेको थियो ।

    वैदेशिक रोजगारीका लागि पुनःश्रम स्वीकृति लिने नेपालीको सङ्ख्या समीक्षा अवधिमा २०८.३ प्रतिशतले वृद्धि भई दुई लाख ५९ हजार ९१ बराबर पुगेको छ।

    अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या ५२.१ प्रतिशतले घटेको थियो । सो अवधिमा खुद ट्रान्सफर ३.६ प्रतिशतले वृद्धि भई रु १० खर्ब ६ अर्ब सात करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ११.५ प्रतिशतले बढेको थियो ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology