Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

श्रीलंकाको नयाँ राष्ट्रपति जुलाई २० मा चयन हुने

श्रीलंकाको नयाँ राष्ट्रपति जुलाई २० मा चयन हुने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ २८, २०७९ मंगलवार • ०९:४९:०९ बजे
  • 763
    SHARES
  • श्रीलंकाको नयाँ राष्ट्रपति जुलाई २० मा चयन हुने

    शहरी विकास तथा आवासमन्त्री प्रसन्न रानातुङ्गाले श्रीलङ्कामा नयाँ राष्ट्रपति जुलाई २० मा चयन हुने बताएका छन् । रणतुङ्गाले- ‘जुलाई १३ गते राष्ट्रपति गोटबाया राजापाक्षेले राजीनामा दिएमा पार्टीका नेताहरूले साउन २० गते नयाँ राष्ट्रपति चयन गर्ने निणर्य गरेको बताएका छन् ।

    images

    पार्टीले निणर्य गरे बमोजिम साउन १३ गते राष्ट्रपतिले राजीनामा दिएमा प्रक्रिया त्यसे अनुरूप अगाडि बढ्ने उनले बताएका छन् । शनिबार फोर्टमा रहेको राष्ट्रपति भवनमा हजारौं मानिसहरूले आक्रमण गरेपछि यहाँको राजनीतिक घटनाक्रम नयाँ ढङ्गले विकास भएको हो । तीव्र विरोध र प्रदर्शनका बीच प्रधानमन्त्री रनिल विक्रमासिङ्घेले पदबाट राजीनामा दिने घोषणा गरेका छन् ।

    राष्ट्रपति र प्रधानमन्त्रीको निवास कब्जामा लिएका आन्दोलनकारीले भने देशको बिग्रँदै गएको आर्थिक अवस्थाले तनाव बढाएको र राजनीतिक नेतृत्व त्यसका निम्ति जिम्मेवार रहेको बताएका छन् ।

    पछिल्ला केही हप्ताहरूमा इन्धन पसलहरूमा सर्वसाधारण र प्रहरी बीच थुप्रै भिडन्त भएको रिपोर्टहरू आएका छन् । श्रीलङ्का सन् १९४८ स्वतन्त्रता प्राप्त गरेपछिको यस पटक सबैभन्दा खराब आर्थिक सङ्कटबाट गुज्रिरहेको छ ।

    राष्ट्रपति गोटाबाया राजापाक्षेले औपचारिक रूपमा प्रधानमन्त्री विक्रमासिंघेलाई आफ्नो पदबाट राजीनामा दिन लागेको बताएका छन् । चरम तेल आपूर्ति अभावले विद्यालय र सरकारी कार्यालयहरू अर्को सूचना नभएसम्म बन्द गरिएका छन् ।

    श्रीलङ्कामा इन्धन अभावका बीच थुप्रै क्षेत्रमा आपतकालीन एम्बुलेन्स सेवा समेत निलम्बित गरिएको छ । आर्थिक सङ्कटले विशेष गरी खाद्य सुरक्षा, कृषि, जीविकोपार्जन र स्वास्थ्य सेवामा पहुँचलाई प्रत्यक्ष असर गरेको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology