Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

कार्यालय सहयोगी वडाध्यक्ष बने पछी ......

कार्यालय सहयोगी वडाध्यक्ष बने पछी ......

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ २८, २०७९ मंगलवार • ०९:५२:५३ बजे
  • 1.4K
    SHARES
  • कार्यालय सहयोगी वडाध्यक्ष बने पछी ......

    बुढीगंगा नगरपालिका १ बाजुराका रणबहादुर थापा संघीयता कार्यान्वयनमा आउनुअघिसम्म साविक बह्रमतोला गाविसमा सामाजिक कार्यकर्ता भएर काम गर्थे । संघीयतासँगै उनको जागिर गयो।

    images

    २०७५ सालमा आफ्नै वडामा कार्यालय सहयोगिको नियुक्ति पाए। वडामा जनप्रतिनिधिले गर्ने कामका विषयमा नजिकबाट नियाल्ने यसै समय उनलाई मौका मिल्यो । आफ्नै वडामा जनप्रतिनिधि बन्ने र नागरिकको सेवा गर्ने इच्छा पलायो । ‘जहाँ इच्छा, त्यहाँ उपाय’ भनेझै वडाध्यक्षको उम्मेदवार बने र विजयी पनि भएका छन्।

    अहिले आफ्नो कार्यालय सहयोगीदेखि वडाध्यक्ष सम्मको यात्रा सम्झँदै भन्छन्, ‘नागरिकको पीर मर्का बुझेको थिएँ । अब काम गर्ने अवसर पाएँ । नागरिकको मन जित्ने काम गर्छु ।’

    बुढीगंगा नगरपालिकामा असार २३ मा सकिएको स्थानीय निर्वाचनमा उनी निर्वाचित भएका हुन् । थापा कार्यालय सहयोगी हुँदाको योगदान र नागरिकलाई गरेको व्यवहारले उनलाई वडाध्यक्षको कुर्सीसम्म पु¥याएको हो । उनले नेपाली कांग्रेसका लोगबहादुर थापालाई पराजित गरेका हुन् ।

    विजयी रणबहादुर ४ सय १६ र पराजित लोगबहादुर थापाले ३ सय ५८ मत ल्याएका थिए । २०७५ सालदेखि १ नम्बर वडामा कार्यालय सहयोगीका रूपमा काम गर्दै आएका थापाले वडाध्यक्ष पदमा उठ्न चैत महिनामा राजीनामा दिएका थिए ।

    मासिक १४ हजार पारिश्रमिक पाउने कार्यालय सहयोगी पद त्याग्दै उनले नेकपा एमालेसँग आफू वडाध्यक्ष लड्ने प्रस्ताव राखेका थिए । एमालेले अध्यक्षको उम्मेदवार बनाउन सहमति जनाएपछि चैत महिनामा राजीनामा दिएर चुनावमा होमिएको उनी बताउँछन् । ‘जित्छु भन्ने लागेर नै चुनावमा होमिन राजीनामा दिएको हुँ ।

    ठूलो पद त होइन कार्यालय सहयोगी । तर, नागरिकको सेवा अध्यक्ष भएपछि अझै गर्न सकिन्छ भन्ने लागेर उम्मेदवारी दिएको थिए। मतदाताको साथ पनि पाएँ,’ उनले भने । थापा कार्यालय सहयोगीमा नियुक्ति हुँदा नेपाली कांग्रेसका वडाध्यक्षमा राजेशकुमार सिंहसहितको कांग्रेसको प्यानल नै विजयी भएको थियो।

    अहिले उनले एमालेबाट जिते । निर्वाचित थापा कार्यालय सहयोगी भए पनि उनले वडामा हुने सबै काम गरेको बताउँछन् । भन्छन्, ‘मैले जनताका दुःख, पिरमर्का समस्या राम्रोसँगै बुझेको छु । अब मलाई काम गर्न समस्या छैन ।’ अन्रपूर्ण पाेस्टबाट

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology