Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

डेढ दशकपछि बेनी–सिमखण्ड कालोपत्र

डेढ दशकपछि बेनी–सिमखण्ड कालोपत्र

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ २९, २०७९ बुधवार • १०:१२:२८ बजे
  • 853
    SHARES
  • डेढ दशकपछि बेनी–सिमखण्ड कालोपत्र

    म्याग्दी । म्याग्दीको बेनी–सिमखण्ड निर्माण भएको १६ वर्षपछि कालोपत्र भएको छ ।

    images

    १२ किलोमिटर लामो सडक कालोपत्र भएपछि पश्चिम म्याग्दीका ३ गाउँपालिका र छिमेकी बागलुङको पश्चिमी क्षेत्रका बासिन्दा लाभान्वित भएका छन् । २७ किलोमिटर लामो बेनी–दरबाङ सडकखण्डमध्ये १२ किलोमिटर लामो बेनी–सिमखण्ड कालोपत्र भएपछि अब जोखिमपूर्ण यात्रा हटेको छ ।

    अब २ घण्टाको यात्रा अवधि २५ मिनेटमा छोटिएको मालिका–५ का भुवन बूढाले बताए । ‘सामान ढुवानी गर्न र आवतजावतमा सजिलो हुनुका साथै धुलो र हिलोबाट मुक्त भएका छौँ’, रणबाङका हरिकृष्ण पौडलले भने, ‘सो क्षेत्रको व्यापार व्यवसाय फष्टाउने भएको छ ।’

     

    बेनी–सिमखण्ड पूर्वाधार विकास कार्यालयले कालोपत्र गरेको हो । कार्यालयका निमित्त प्रमुख गुरुदत्त अधिकारीका अनुसार पहिरोको समस्या र जग्गा विवाद भएको बाहेकको ठाउँमा कालोपत्र गरिएको छ ।

    ११ मिटर फराकिलो सडकमा ७ मिटर कालोपत्र गरिएको छ । २०७४ असोजमा ४५ करोडमा कालोपत्रे ठेक्का सम्झौता भएको थियो ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology